• २०८१ बैशाख २० बिहीबार

इन्टरनेसनल च्याम्पियन्स कपमा आर्सनलको लगातार दोस्रो जित

kharibot

काठमाडौँ । नयाँ सिजन सुरु अघि अहिले सबै क्लबहरु प्र-सिजन टुर र प्रशिक्षणमा व्यस्त भएका छन् ।

यसैबीच हाल अमेरिकामा सुरु भएको इन्टरनेसनल च्याम्पियन्स कपमा आर्सनलले दोस्रो जित हासिल गरेको छ ।

आर्सनलले आइतबार बिहान भएको खेलमा आर्सनलले इटालियन क्लब फिओरेन्टिनालाई ३-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा २० बर्षिय फरवार्ड एडी एनकेटिहले दुई गोल गरेका छन् । त्यस्तै एक गोल जोय विललकले एक गोल गरेका थिए ।

इन्टरनेसनल च्याम्पियन्स कपमा आर्सनलले पहिलो खेलमा बायर्न म्युनिखलाई पराजित गरेको थियो । यस प्रतियोगितामा दुई खेल जितेर आर्सनलले उत्कृष्ट खेल देखाएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै