• २०८१ बैशाख १४ शुक्रबार

बायर्न म्युनिखलाई हराउदै डिएलएफ सुपरकपमा डोर्टमण्डको कब्जा

kharibot

काठमाडौँ । जर्मनी च्याम्पियन बायर्न म्युनिखलाई पराजित गर्दै बोर्सिया डोर्टमण्डले डिएलएफ सुपरकपको उपाधि जितेको छ ।

गएराती सम्पन्न खेलमा डोर्टमण्डले बायर्नलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

डोर्टमण्डको जितमा पाको अल्कासेर र जाडोन सान्चोले एक एक गोल गरेका थिए । जर्मनीको लिग च्याम्पियन र डिएफबि पोकलको विजेता बीच खेलिने यो प्रतियोगिता लिगको सिजन सुरु हुनुअघिको महत्वपूर्ण प्रतियोगिता मानिन्छ ।

लगातार तीन बर्ष यस उपाधिमा कब्जा जमाउदै आएको बायर्न यस पटक चुकेको छ । बायर्नले अहिलेसम्म सात पटक यो उपाधि

जितेको छ भने डोर्टमण्डले ६ पटक यो उपाधि जितेको छ ।                        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै