• २०८१ बैशाख १७ सोमबार

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्यो बायर्न म्युनिख

kharibot

काठमाडौँ । बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा लाजियोलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को नतिजासहित बायर्न म्युनिख क्वाटरफाइनलमा पुगेको हो ।

बायर्न म्युनिखको जितमा ह्यारी केनले २ तथा थोमस मुलरले एक गोल गरेका थिए ।

यसअघि पहिलो लिगमा लाजियोले बायर्नलाई १-० गोलले पराजित गरेको थियो ।

त्यस्तै पिएसजीले पनि रियल सोसियडाडमाथि समग्रमा ४-१ को नतिजासहित क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै