• २०८१ बैशाख १८ मंगलबार

विश्वभर फेसबुक डाउन, प्रयोगकर्ता हैरान

kharibot

अमेरिका । सामाजिक सञ्जाल फेसबुक आइतवार साँझ करीब एक घण्टा डाउन रह्यो । नेपालसहित विश्वभरका प्रयोगकर्तालाई लगइन तथा पोस्ट गर्नमा समस्या देखिएको थियो । यसबाहेक कतिपय प्रयोगकर्ताले इन्स्टाग्राम पनि डाउन भएको गुनासो गरेका थिए ।

त्यस्तै, फेसबुक लगइन भइसक्दा पनि त्यसमा तपाईंको अकाउन्ट अस्थायी रुपले उपलब्ध छैन भनी म्यासेज आएको थियो । साइटकै इस्युका कारण यस्तो भएको म्यासेजमा बताइएको थियो । 


कतिपय प्रयोगकर्ताले फेसबुक लगइन गर्दा इरर कोड २ म्यासेज आएको बताए । यद्यपि, करीब १ घण्टा डाउन रहेपछि भने फेसबुक पुनः सुचारु भयो । सर्भर मेन्टेनेन्सका कारण विश्वभर फेसबुक डाउन रहेको बताइएको छ । 

पोस्टिङमा समस्या 

फेसबुक र इन्स्टाग्राम डाउन भएकै बेला कतिपय प्रयोगकर्ताले भने आफूले शेयर गर्न खोजेको कन्टेन्ट अपलोड हुन नसकेको पनि बताएका थिए । विश्वभरको साइट डाउनलाई मनिटरिङ गर्ने डाउन डिटेक्टरका अनुसार फेसबुक डाउनले विश्वभर केही समय हंगामा मच्चायो ।

डाउनडिटेक्टर डटकमले न्युजफिड र लगइनसम्बन्धी समस्याबारे ७ हजारभन्दा धेरै गुनासो प्राप्त गरेको थियो । कतिपयले फेसबुक दोस्रोपटक फेरि डाउन भएको भन्दै गुनासो गरेका थिए । 
फेसबुक डाउनको समस्याबारे रिपोर्ट गर्ने करीब ३६ प्रतिशत प्रयोगकर्ताका अनुसार तस्वीर अपलोड गर्न पनि समस्या भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय