• २०८१ बैशाख २६ बुधबार

आगामी डेढ वर्षमा जुम्लामा प्रसारण लाइन पुग्छ : कार्यकारी निर्देशक घिसिङ

kharibot

काठमाडौँ । जुम्लामा केन्द्रीय प्रसारण प्रणालीमार्फत विद्युत् सेवा पुर्याउन आवश्यक प्रक्रिया शुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रीडमार्फत विद्युत् पुर्याउन बोलपत्र भई ठेक्का सम्झौता भइसकेको बताएका छन् ।

जुम्लामा वितरण तथा ग्राहक सेवा केन्द्र खोल्ने निर्णय भइसकेको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले सुर्खेतबाट ८१ किलोमिटर  लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको बताए । 

ठेकेदारले सर्वेक्षण अन्तिम चरणमा पुर्याएको र आगामी डेढ वर्षभित्र राष्ट्रिय ग्रीड पुर्याउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ । उनले राष्ट्रिय ग्रीड नपुगेसम्म तत्कालका लागि अस्थायी रुपमा डिजेल जेनेरेटरमार्फत जुम्लामा विद्युत् आपूर्ति गर्ने विकल्पका बारेमा पनि छलफल भइरहेको बताए । 

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको स्वामित्वमा रहेको रहेको लघु जलविद्युत् स्थानीय उपभोक्ता समितिले भाडामा लिएर चलाएको बताए । “लिज सम्झौतामा मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समितिकै रहेछ, त्यसैले हामीले केही गर्न सक्दैनौँ”, घिसिङले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै