• २०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्री रोजगार कार्यक्रमको व्यापक दुरुपयोग भयो - डा.डिला संग्रौला पन्त

kharibot

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाली काँग्रेसकी सांसद तथा छायाँ श्रममन्त्री समेत रहेकी डा.डिला संग्रौला पन्तले संसदम श्रम तथा रोजगार मन्त्रालयमा सुधारको खाँचो रहेको बताएकी छन् ।

सांसद डा.पन्तले संसदको विशेष समयमा बोल्दै श्रम तथा रोजगार मन्त्रालयबाट संचालित प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यापक दुरुपयोग भएको, तीन महिना देखि काम विहिन भई साउदी अरेवियाको राजधानी रियादमा ३५ जना नेपालीहरु अलपत्र रहेको, रोजगारीका लागि जापान पठाउने विषयले झन् अन्योलता बढाएको र मलेसियाको रोजगार अझै नखोलिएको प्रति सरकारको ध्यान आकर्षण गराएकी थिइन् ।

सांसद पन्तले संसदमा राखेको धारणा :  

१. प्रधानमन्त्री रोजगार कार्यक्रमको व्यापक दुरुपयोग भएको छ ।  पाँच अरव रकम छुट्टाइएको यस कार्यक्रमलाई हेर्दा यसको बजेट, सडकको  नाली सफा गर्ने, झार उखेल्ने, बादर लखेट्ने, ढुंगा विछ्याउने जस्ता काममा खर्च गरेको देख्दा यसको जताजतै उपहास भएको छ । फेरी रकम अपुग भयो भनि प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न सरकारले १३ अर्व रुपैया ऋण विश्व बैक बाट लिदैछन किन ? यस कार्यक्रमले नत युवाहरुलाई आत्मनिर्भर बनाउन सक्तैन । 

२. तीन महिना देखि काम विहिन भई साउदी अरेवियाको राजधानी रियादमा ३५ जना नेपालीहरु अलपत्र परेर एक साता देखि दुतावासमा बसिरहेका छन् । उनीहरुलाई काठमाडौ स्थित जे भि आर मेनपावर कम्पनीले फर्निचर कामको लागि पठाएको थियो । कमाइ भएन कुनै काम पनि दिइएन । त्यसैले मेनपावर कम्पनी र रोजगारदातासँग समन्वय गरी पीडितको उद्धार गर्न माग गर्दछु । 

३. सरकारले १४ वटा क्षेत्रमा दक्षता हासिल गरेका नेपालीलाई रोजगारीका लागि जापान पठाउने भनेको छ तर शुरुमा कुन क्षेत्रलाई पठाउने स्पष्ट नपार्दा भाषा सिकाउने नाममा ठगी गर्ने प्रवृत्ति मौलाएको छ  ।

४. नेपालको प्रमुख गन्तव्य स्थल मलेशिया जान किन रोकियो ? सरकारले शून्य लागत भनेता पनि १० हजार भरपाई गराएर २ लाख सम्म असुली ठगी गर्ने कम्पनीलाई सरकारले किन कारवाही गर्न सकेन ?
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै