• २०८१ बैशाख १४ शुक्रबार

जनार्दन शर्माको प्रश्न- सत्य निरुपण आयोग गठनमा किन वेवास्ता ?

kharibot

काठमाडौँ । प्रतिनिधिण्सभाको आजको बैठकको विशेष समयमा सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न किन  ढिलाइ गरियो ? भन्ने प्रश्न गर्दै आयोग नहुँदा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न अप्ठ्यारो परेको बताए । 

उनले आयोग गठन गर्न किन हेलचेक्र्याइँ भयो भन्ने प्रश्न गर्दै संविधानको भावनाअनुरुप द्वन्द्वपीडितका समस्या सम्बोधन गर्न छिटो आयोग गठन गर्न माग गरे ।

सांसद शर्माले भने, “देश र जनताको मागअनुसार सङ्घीयता आएको हो, यसलाई इमान्दारितापूर्वक कार्यान्वयन हुनुपर्छ ।” सांसद दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी विधेयक राज्य तथा सुशासन समितिमा अड्कियो ? राष्ट्रिय परिचयपत्र वितरण कार्य कुन ऐनअनुसार भयो ? भन्ने प्रश्न गर्दै सार्वजनिक खरीद ऐनविपरीत परिचयपत्रको ठेक्कापट्टा भएको आरोप लगाए ।

उनले भने, “सरकारका काम कारवाही पारदर्शी भएन । यसले गर्दा लोकतन्त्रको भावनामाथि अघात पर्छ ।”

    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै