• २०८१ बैशाख १७ सोमबार

योगेशजी निजगढमा २० लाख नै लैजानुस् तर पहिला बनाउनुस् !

kharibot

काठमाडौँ । अहिले पहिलो पटक मन्त्री बनेका नेकपाका युवा नेता योगेश भट्टराई चर्चामा रहेका छन् । पहिलो पटक सांसद र पहिलो पटक मन्त्री भएपछि उनी अहिले खासमा अग्नी परिक्षामा छन् । तर पास भएका छैनन् ।

उनका सामु निई चुनौतीले भरिएको मन्त्रालय रहेको छ । जसमा २०२० को भ्रमण बर्ष, राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका ३-३ वटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गर्नुपर्ने, डुबेको नेपाल एयरलाइन्सलाई कायापलट गर्नुपर्ने जस्ता पहाड जस्ता चुनौती अगाडी रहेका छन् । 

मन्त्री भएको एक सातामा भट्टराईले नेपाल एयरलाइन्सलाई सुधार गर्न सुझाव दिन कार्यदल गठन गरेका छन् । कार्यदललाई एक महिना समय दिएका छन् । यो राम्रो त् होइन ठिकै सुरुवात हो ।  उनले मन्त्री हुनासाथ आफूसँग समय कम भएको बताएका थिए तर धेरै विषय प्रष्ट रहेको नेपाल एयरलाइन्सको फेरी एक महिने अध्ययन आफैमा लामो समय हो । जे होस् उनले पहल समयमै गरेका छन् यसलाई नराम्रो भन्न मिल्दैन । 

तर विहिबार बुटवलमा दिएको अभिव्यक्तिले उनले निराश बनाएका छन् । भट्टराईले विहिबार १० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्ने बताए ।

मन्त्री बनेपछि पहिलोपटक बुटवल पुगेका भट्टराईले ‘विकास भनेको उत्सव हो, त्यहाको जंगल भरिने गरी १० लाख मान्छे उतारेर विमानस्थल शिलान्यास गर्ने बताए । त्यति मात्र होइन उनले बुटवल उपमहानगरका मेयरलाई बसका बस नागरिक लान तयार भएर बस्नसमेत आग्रह गरे ।

यस्तोमा भट्टराईको अभिव्यक्ति सामाजिक संजालमा आलोचनाको विषय बनेको छ । धेरैले उनको यो अभिव्यक्ति अनावश्यक भएको र कतिले मन्त्री भएपछि गफ गर्नै पर्ने हो र भन्दै प्रश्न गरेका छन् । 

१० लाख किन २० लाख नै लैजाउँ तर यसका लागि पहिला विमानस्थल बन्नु त पर्छ होला नि । निजगढ विमानस्थलको निर्माण आफैमा विवादमा रहेको छ । विमानस्थल बनाउन व्यापक रुपमा रुख कटानी गर्नुपर्ने भएपछि वातावारण पक्षधरले विरोध गरिरहेका छन् भने सरकारका मन्त्रालयहरु बिचका कुरा समेत बाझिएर विवाद कायम रहेको छ । तर आफ्नो कार्यकालको शुरु मै यस्ता विवादस्पद अभिव्यक्ति दिएर उनले घेरा हाल्ने शक्तिहरुलाई किन अवसर दिदै छन् भन्ने प्रश्न उठिरहेको छ ।

उनको जोड विमानस्थल बन्नै पर्छ भन्ने हो यसलाई बुझ्न सकिन्छ तर यसलाई ठुलो स्वरमा भन्न कति आवश्यक छ ? यसलाई भाषणमा उल्लेख नगरी गर्न सकिन्न ? भन्ने गरिन्छ जुन कुरालाई बढी जोड दिएर नेताहरु भाषण गर्छन सम्झिनुस त्यो काम हुदैन । कि मन्त्री भट्टराईको यो अभिव्यक्ति पनि त्यस्तै हो ?

धेरैले आशा गरेका नेता भट्टराईले केहि गर्छन भनेर आशा र भरोसा गर्ने जमात ठुलो छ तर यस्ता अभिव्यक्ति दिनु भन्दा अलिकति लो-प्रोफाइलमा बसेर काम गर्नु नयाँ मन्त्रीलाई सुझाव छ । कम्तिमा भट्टराईले सार्वजनिक ठाउमा बोल्दा सरकार निरन्तर अलोकप्रिय हुदै गएको, नेताहरुका र खासगरी मन्त्रीहरुका भाषण मात्रले जनता आजित भएको, काम नभएको कुरा मात्र भएको, भ्रष्ट्राचार बढेको, व्यवस्था लथालिंग भएको कुरा मनमा राखेर काम गर्न र बोल्न सुझाव छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै