• २०८१ बैशाख २६ बुधबार

प्रदेश राजधानी सर्दैन : मुख्यमन्त्री पौडेल

kharibot

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँडा नै उपयुक्त हुने बताएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा उनले आफूले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सार्न लागेको भन्ने कुरा निराधार भएको बताएका छन् । 

मुख्यमन्त्री पौडेलले स्थायी राजधानी तोक्ने विषय आफूले मात्र चाहेर नहुने विषय भएको बताए । राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले मात्र तोक्न सक्ने संवैधानिक व्यवस्था भएको र आफू प्रदेशसभा सदस्यको हैसियतले एउटा मतदाता मात्र भएको उनको भनाइ थियो । “हेटौँडालाई राजधानीका रुपमा टिकाइ राख्न जोडबल गरिरहेको छु”, उनले भने । 

मुख्यमन्त्री पौडेलले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रमा सडकको दायाँ–बायाँ १६-१६ मिटर मात्र भत्काएर सडक विस्तार गरिनुपर्ने धारणा राखे ।

बैकल्पिक मार्गको बोलपत्र आह्वान भइसकेकाले मुख्य बजारलाई चिरेर राजमार्ग बनाउन नहुने उनको भनाइ थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै