इराकमा हवाई आक्रमणमा दश लडाकु मारिए

खरीबोट

बग्दाद (इराक) । इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी सोमबार दश जनाको मृत्यु भएको छ ।

अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलले संयुक्त रुपमा गरेको कारबाहीमा मारिएका ती सबै इस्लामिक स्टेट्स (आइएस) का लडाकु रहेका जनाइएको छ ।

इराकको प्रतिआतङ्कवाद सम्बन्धी निकाय (सिटिएस)को संयोजनमा अहिले सुरक्षा कारबाही तिब्र पारिएको अधिकारीहरुले जनाएका छन् ।

आइएस लडाकूहरु लुकेर बसेको सूचनाका आधारमा उनीहरुले देशको पश्चिमी अनबार प्रान्तमा आक्रमण गरेका हुन् । 

सिटिएसले अतिवादी लडाकूहरु विरुद्ध गरेको कारबाहीका क्रममा उनीहरुमध्ये आठ जनाको मृत्यु भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

सुरक्षाकर्मीहरुले अतिवादीहरु विरुद्ध कडारुपमा प्रस्तुत हँुदा सन् २०१७ मा देशको सुरक्षा अवस्था नाटकीय रुपमा सुधार भएको थियो ।

सम्बन्धित समाचार

बग्दादमा १६ प्रदर्शनकारीको मृत्यु, ४७ जना घाइते

बग्दाद । इराकको राजधानी बग्दादमा जारी प्रदर्शनका क्रममा भएको आक्रमणमा परी कम्तीमा १६ प्रदर्शनकारीको मृत्यु भएको छ । अपरिचित बन्दुकधारीले शुक्रबार प्रहार गरेको गोली लागी अरु ४७ जना घाइते भएका

इराकी प्रधानमन्त्री मेहदीद्वारा राजीनामाको घोषणा

बग्दाद । इराकका प्रधानमनत्री अदेल अब्देल मेहदीले राजिनामा दिने घोषणा गरेका छन् ।  उनले राजिनामा पत्र संसदमा पेश गर्ने तयारी गरेको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।  इराकी सिया धर्मगुरूले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक

इराकी प्रधानमन्त्री मेहदीद्वारा राजीनामाको घोषणा

बग्दाद । इराकका प्रधानमनत्री अदेल अब्देल मेहदीले राजिनामा दिने घोषणा गरेका छन् ।  उनले राजिनामा पत्र संसदमा पेश गर्ने तयारी गरेको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।  इराकी सिया धर्मगुरूले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक

भ्रष्टाचारविरोधी प्रदर्शनमा इराकमा एकै दिन २५ जनाको मृत्यु, सैनिक कमाण्डर बर्खास्त

बग्दाद, इराक । इराकमा भ्रष्टाचारविरोधी आन्दोलनमा सरीक २५ प्रदर्शनकारीको एकै दिनमा मृत्यु भएको छ । त्यहाँका प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्षिण इराकको जिम्मेवारी दिँदै कमाण्डरको रूपमा खटाएका सैनिक अधिकृतलाई एकै दिनमा


z