• २०८१ बैशाख १८ मंगलबार

फिल्म ‘ऐश्वर्य’ युट्युबमा रिलिज

kharibot

काठमाडौँ ।  बिस २०७४ को सफल फिल्म ‘ऐश्वर्य’ आज विहिबार युट्युबमा रिलिज गरिएको छ ।

'तिमी रोएको पल' बोलको गीत हिट भएपछि फिल्मबाट पनि युट्युब रिलिजमा पनि सफल हुने अपेक्षा गरिएको छ ।

रमेश उप्रेती, प्रशान्त ताम्राकारको दीपिका प्रसाईलाई पाउने भिडन्तलाई फिल्म उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको छ । 

यसै फिल्मबाट डेभ्यु गरेकी अभिनेत्री दीपिका भने यसै फिल्मका क्रममा निर्देशक दिवाकरसँग अफ्येर्समा परेर अहिले घरजम समेत गरिसकेकी छन् ।

रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । फिल्मका लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् । फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म ऐश्वर्या : 


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै