मेसी, रोनाल्डो र भान डाइक युइएफए बर्ष खेलाडीको अन्तिम मनोनयनमा

खरीबोट

काठमाडौँ । युइएफएले सन् २०१८/२०१९ सिजनको पुरुष प्लेयर अफ द इयरका लागि तीन जनाको अन्तिम मनोनयन सार्वजनिक गरेको छ ।

यस अघि सार्वजनिक गरेको १० जनाको सुचीबाट उत्कृष्ट ३ जना खेलाडी छानिएको हो । 

छानिएका खेलाडीमा लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो र भिगिल भान डाइक रहेका छन् । आगामी अगस्त २९ मा हुने च्याम्पियन्स लिगको समुह चरणको ड्र मा विजेताको घोषणा गरिने युइएफएले जनाएको छ ।

अर्जेन्टिनाका मेसी यस बर्ष बार्सिलोनाका लागि च्याम्पियन्स लिग र ला लिगाका शिर्ष गोल कर्ता हुने भने बार्सिलोनालाई ला लिगाको उपाधि जिताएका छन् ।

त्यस्तै क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई युएईएफए नेशन्स लिग जिताएका छन् भने सो प्रतियोगिताका उच्च गोल कर्ता समेत हुन् । साथै रोनाल्डोले युभेन्टस लाई सिरी ए को उपाधि समेत जिताएका छन् ।

त्यस्तै नेदरल्याण्डसका भान डाइकले लिभरपुललाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए भने नेदरल्याण्डसलाई युइएफए नेशन्स लिगको फाइनलमा पुर्याएका थिए ।                   

उत्कृष्ट १० मा परेका अन्य खेलाडीहरुमा चौथो नम्बरमा ब्राजिलका लिभरपुलबाट खेल्ने गोलकिपर एलिसन बेकर जसले ५७ अंक पाए भने पाँचौ स्थानमा सेनेगलका लिभरपुलबाट खेल्ने साडियो मानेले ५१ अंक पाए ।

त्यस्तै छैठौ स्थानमा रहेका इजिप्टका लिभरपुलबाट खेल्ने मोहमद सलाहले ४९ अंक पाए भने सातौ स्थानमा रहेका बेल्जियमका इडेन हजार्डले ३८ अंक पाए ।

त्यस्तै आठौ स्थानमा रहेका नेदरल्याण्डसका माथिस डि लाइटले २७ तथा नेदरल्याण्डस कै फ्र्यांकी डि जंगले पनि २७ अंक पाए । त्यसैगरी दशौ स्थानमा रहेका इङल्याण्डका म्यानचेस्टर सिटीबाट खेल्ने रहिम स्टरलिङले १२ अंक पाए ।

सम्बन्धित समाचार

बार्सिलोना ग्राण्डासँग पराजित, ला लिगामा २५ बर्षकै खराब प्रदर्शन

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना ग्राण्डासँग २-० गोल अन्तरले पराजित भएको हो । ग्राण्डाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई पराजित गर्नेक्रममा

च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीको विजयी शुरुवात

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले विजयी शुरुवात गरेको छ । गएराती भएको खेलमा समुह सी अन्तर्गत म्यानचेस्टर सिटीले शख्तर डोनेटस्कलाई ३-० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा रियाद

एटलेटिको म्याड्रिडले युभेन्टसलाई बराबरीमा रोक्यो

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गतको समुह डि अन्तर्गतको खेलमा युभेन्टसलाई एटलेटिको म्याड्रिडले बराबरीमा रोकेको छ । गएराती भएको खेलमा युभेन्टस र एटलेटिको २-२ गोलको बराबरीमा रोकिएका छन् । २-१ ले अगाडी

नेइमार र एम्बाप्पे बिना पिएसजीले रियल म्याड्रिडलाई हरायो

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत समुह ए मा पिएसजीले रियल म्याड्रिडमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले रियललाई ३-० गोल अन्तरले पराजित गरेको छ । पिएसजीको जितमा


z