• २०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री ओलीको स्वास्थ्य ठिक, भेटघाट शुरु

kharibot

काठमाडौँ । प्रधनमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बारे अनेकौ टिप्पणी भैरहेका बेला प्रधानमन्त्रीले नियमित भेटघाट गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार बिहान झापा क्षेत्र नम्बर ५ बाट आएका पार्टीका कार्यकर्ताहरुसँग भेटघाट गरेका छन् ।

भेटमा प्रधानमन्त्रीले सुरुमै, 'म सिकिस्तै भएँ भनेर आउनु भयो कि क्या हो ?  हिजो केही बेर ९९ डिग्री ज्वरो आएको थियो, ठीक भयो । डक्टर भन्छन अझै बीस वर्ष ठीक रहने छौ, प्रचार अर्कै ढंगले भइदिन्छ ।' भनेको सल्लाहकार अर्यालले जानकारी दिएका छन् ।

प्रधानमन्त्री अस्वस्थ भएका कारण नेकपाको सचिवालय बैठक स्थगित भएपछि प्रधानमन्त्रीको स्वास्थ्य बारे अनेकौ समाचार आएका थिए । प्रधानमन्त्रीलाई फेरी सिंगापुर लैजाने तयारी भएको आशयका समाचार आएका थिए ।

प्रधानमन्त्री ओली गत सोमबार मात्र एकसाता लामो सिंगापुरमा स्वास्थ्यपचार गरे स्वदेश फर्किएका थिए ।

सिंगापुरबाट आउनासाथ आफ्नो स्वास्थ्य राम्रो रहेको जानकारी दिएका प्रधानमन्त्रीलाई विहिबार ज्वरो आएका कारण असहज भएपनि अहिले ठिक रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।     
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै