• २०८१ बैशाख २६ बुधबार

काबुलमा वैवाहिक समारोहमा बिस्फोट हुदा ६३ जनाको मृत्यु

kharibot

कबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोटमा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । बिस्फोटमा कम्तिमा १८० जना घाइते भएका छन् ।

बिबिसीका अनुसार एक वैवाहिक समारोहमा विस्फोट हुदा यति ठुलो संख्यमा ज्यान गएको हो । यस घटना बारे तालिबानले आफुहरुले सो घटना नगराएको बताएको छ । अन्य कुनै समुहले घटनाको जिम्मेवारी लिएको छैन ।
सो क्षेत्रमा अल्पसंख्यक शिया हजारा मुसलमानको बाहुल्य रहेको छ । 

काबुलमा भएको यो महिनाको दोस्रो घटना हो । अगष्ट ८ तारिखमा काबुलमा रहेको प्रहरी चौकीको बाहिरी क्षेत्रमा बिस्फोट हुँदा कम्तिमा १४ जनाको ज्यान गएको थियो ।

अमेरिका र तालिबानबीच चलिरहेको वार्ताका बीच विष्फोट भएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै