• २०८१ बैशाख १५ शनिबार

मिनेन्द्र रिजालको प्रधानमन्त्रीलाई प्रश्न : जनतासँग गरेको कार्यसम्पादन करार खै ?

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले यस्तै काम गरेमा अर्को निर्वाचनपछि काँग्रेसको सरकार बन्ने बताएका छन् ।  

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै रिजालले प्रधानमन्त्री ओलीको आजको सम्बोधनमा टिप्पणी गर्दै सरकार फेल भएको भन्दै अर्को निर्वाचनपछि काँग्रेसको सरकार बन्ने दाबि गरेका छन् । 

रिजालले सरकार लोकतन्त्रका लागि लडेको होइन भन्दै लोकतन्त्रकालागि लडेकाहरुको सरकार हो भन्दै एक पटकको लडाई लडेकाहरुलाई जे पनि गर्ने लाइसेन्स नदिने बताए ।

अर्को चुनावसम्म यहि सरकार रहन्छ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्ति प्रति व्यंग गर्दै नेता रिजालले यस्तै काम गरिरहे अर्को पटक काँग्रेसको सरकार बन्ने बताउदै अर्को पटक जनताले नेकपालाई नजिताउने बताए ।

रिजालले भने,'यसपल्ट सम्म त यहि सरकार हो भन्दा तरंग चाहि सत्तामा गयो गएन मलाई थाह भएन, शुभकामना छ सत्ता पक्षमा केहि तरंग नगएको होस् ।'   

संसदमा प्रधानमन्त्रीले आर्थिक विषयमा हल्का टिप्पणी गरेको भन्दै पुँजीगत खर्च अघिल्लो बर्ष भन्दा ३५ अर्ब कम खर्च भएको बताउदै कार्यसम्पादन गरेका अर्थमन्त्रीको लागेको बताए ।

नेता रिजालले प्रधानमन्त्रीलाई प्रश्न गर्दै जनतासँग गरेको कार्यसम्पादन करार खै ? भन्दै जनतासँग निर्वाचनका बेला गरेको करार पुरा नभएको बताए । प्रधानमन्त्री परीक्षामा असफल भएको बताउदै आउने दिन सफल होस् भन्ने कामना व्यक्त गरेका थिए ।          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय