• २०८१ बैशाख १८ मंगलबार

एभीसी सेन्ट्रल जोन भलिबल : पाँचौं स्थानका लागि नेपाल र अफगानिस्तान भिड्दै

kharibot

काठमाडौँ । एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबलमा पाँचौं स्थानका लागि नेपाल आज अफगानिस्तानसँग भिड्दैछ ।

समूह चरणको खेलाबाट दुवै टोली तेस्रो स्थानमा रहेका थिए । नेपाल समूह ‘ए’को दुवै खेलमा नेपाल पराजित भएर तेस्रो बनेको थियो भने समूह ‘बी’मा बंगलादेशलाई पराजित गरी अफगानिस्तान तेस्रो भएको थियो ।

नेपाल माल्दिभ्ससँग २५-२२, २५-२१ र २५-१४ को सेटमा पराजित भएको थियो भने पहिलो खेलमा किर्गिस्तानसँग २५-२३, २५-२२ र २५-२२ को सोझो सेटमा पराजित भएको थियो । 

पाँचौ स्थानका लागि हुने आजको खेल दिउँसो तीन बजे हुनेछ ।

साँझ ५ पाँच बजे तेस्रो स्थानका लागि तुर्कमेनिस्तान र माल्दिभ्सबीच खेल हुँदैछ । उपाधि भिडन्त भने शनिबार किर्गिस्तान र उज्वेकिस्तानबीच हुँदैछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै