• २०८१ बैशाख १९ बुधबार

मार्क्सवादलाई अक्षरशः पालना भन्दा मार्गदर्शन बनाउनुपर्छ : प्रचण्ड

kharibot

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्सवादलाई अक्षरसः पालना गर्ने भन्दा पनि मार्गदर्शन सिध्दान्तका रूपमा लिनुपर्ने बताएका छन् ।

ललितपुरमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘एउटा प्रवृति मार्क्सवाद , लेनिनवाद, या द्वन्द्वत्मक तथा ऐेतिहासिक भौतिकवादलाई एउटा धर्मशास्त्रको रुपमा बुझ्ने र त्यसमा जे लेखेको छ अक्षरशः पालना भन्दा पनि मार्गदर्शन बनाउनुपर्ने पर्छ ।’

उनले पार्टी एकतामा केही ढिला भएपनि लगभग सबै प्रक्रिया टुंगिएको बताए । कार्यक्रममा बोल्दै उनले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै त छैन भन्दै प्रश्न गर्दै भने,  ‘कम्युनिष्टहरुमा बैचारिक विचलन आएको छ । सामुहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रीत भएको महशुस भएको छ । यसलाई परिवर्तन गर्नुपर्छ । ’

अध्यक्षले कम्युनिष्टहरु सत्तामा नपुग्दासम्म जनताको पक्षमा लाग्ने भएपनि सत्तामा पुगेपछि त्यसलाई विर्सदै जाने प्रवृति आएको भन्दै राष्ट्र र जनताको चाहाना के हो ? कार्यशैली के हुने हो भन्ने बिर्सेर विस्तारै–विस्तारै वुर्जुवा शैलीतर्फ जान थालेकोप्रति आफुलाई चिन्ता लागेको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै