• २०८१ बैशाख १७ सोमबार

महिन्द्राद्वारा नाडा अटो शोमा एक्सयूभी ३०० नेपालमा सार्वजनिक

kharibot

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा लि. (एमएन्डएम), २०.७ अर्ब अमेरिकी डलरको महिन्द्रा ग्रुपको एक अंग,ले आज नाडा अटो शो नेपालमा नयाँ कम्प्याक्ट एसयूभी, एक्सयूभी ३०० ( एसयूभी थ्री डबल ओ उच्चारण हुने) सार्वजनिक गरेको छ ।

नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल डब्लू फोर वर्गका लागि ३९ लाख ७५ हजार  र डिजेल डब्लू फोर वर्गका लागि  ४१ लाख २५ हजार तोकिएको छ र यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ ।

यो एक्सयूभी ३००, चित्ताकर्षक (हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा वर्गीय परिभाषित आन्तरिक सजावट-बनावटले यसलाई रोमान्चक र बहृत् प्याकेजसहितको यो वर्गका सवारीसाधनमा एक मानकका रूपमा स्थापित हुनेछ । यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ ।

कार्यक्रममा बोल्दै महिन्द्रा एन्ड महिन्द्राका अन्तर्राष्ट्रिय सञ्चालन (दक्षिण एसिया) विभागका उपाध्यक्ष सञ्जय जाधवले भन्नुभयो –“एक्ययूभी ३०० बजार प्रवेश गराउनका र यो नेपाली जनतामाझ प्रस्तुत गर्नका लागि नाडा अटो शो सही अवसर हो । आफ्नो बेजोड सुरक्षा विशेषता, प्रभावशाली सञ्चालन क्षमता र हाँक्नका लागि आरामदायक, थुप्रै वर्गमा पहिलो उच्च प्रविधियुक्त विशेषताहरू, ५ जना मानिसहरू बस्न मिल्ने पर्याप्त स्थान तथा अनुकूल र पूर्ण तयार (फिट एन्ड फिनिस) वर्गमा उत्कृष्टतासहितको एक्सयूभी ३०० सवारीसाधनमा मनोरञ्जनात्मक सवारी (फन टू ड्राइभ) गर्न मन पराउनेहरूलाई आकर्षित गर्नेछ भन्नेमा म विश्वस्त छु । एक्सयूभी ३०० कोरियाली प्रविधिसहित भारतीय नवसिर्जना र कुशलता मिश्रित साँचो विश्वस्तरीय उत्पादन हो ।”

बजार प्रवेश समारोहमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने,'झन्डै तीन दशकदेखि महिन्द्रासँग आवद्ध हुन पाउँदा अग्नि मोटर्स गौरवान्वित छ र हामी आफ्ना ग्राहकहरूलाई अतिमकतम परिमाण उपलब्धन गराउनमा प्रतिबद्ध छौ । त्यसैले, हामी एक्सयूभी ३०० नेपालमा सार्वजनिक गर्न पाउँदा उत्साहित छौं, जुन अपेक्षापूर्ण नयाँ पुस्ताका महिन्द्रा सवारीसाधनहरूमध्येको नवीनतम भेट हो । मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरूयुक्त एक्सयूभी ३०० नेपालका हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेछ । यो सवारीसाधन नेपालभरि रहेको हाम्रो सञ्जालमार्फत उपलब्ध हुनेछ ।”

एक्सयूभी ३०० तीन प्रकार डब्लु ४, डब्लु ६, डब्लु ८  मा उपलब्ध छ भने डब्लु ८  अफ्सनल प्याकमा पनि ।  यो एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर मा उपलब्ध छ भने  एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ ।

यसै सालको फेबु्रवरीमा नेपालमा भएको महेन्द्र उदय मेलामा एक्सयूभी ३०० प्रस्तुत गरिएको थियो जुन जसलाई ग्राहकहरुबाट ज्यादै रुचाईएको थियो

एक्सयूभी ३०० : मुख्य विशेषताहरू संक्षेपमा

फस्ट इन सेग्ममेन्ट सुरक्षा विशेषताहरू

१.    फस्ट इन सेग्मेन्ट ७ एयरब्यागहरू, सबै ४ वटा डिस्क ब्रेकहरू, अगाडि पार्किङ सेन्सरहरू, हिटेड ओआरभीएम्स
२.    रोल ओभर मिटिगेसन र हिल स्टार्ट असिस्टेन्टसहित इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम
३.    ३. सबै वर्गमा एबीएएस र इबीडी स्ट्यान्र्डर्ड
४.    ४. फ्रन्ट एन्ड रियर फग ल्याम्पस्
५.    ५. आइसोफिक्स चाइल्ड सिट माउन्टस
६.    ६. टायर प्रेसर र तापक्रम अनुगमन प्रणाली (टायर ट्रोनिक्स)
७.    ७. सबै सिटमा सिट बेल्ड रिमाइन्डर

टर्कमा वर्गकै उत्कृष्ट

१. पेट्रोल र डिजेल इन्जिनको विकल्पमा उपलब्ध
२. यस वर्गका सवारी साधनहरुमध्ये टर्कमा उच्च, जुन डिजेलमा ३०० एनएम रहेको छ भने पेट्रोलमा २०० एनएम
३. १.५ लि डिजेल इन्जिनमा ११५ बीएचपी टर्बो चार्जड्, जुन यस वर्गका सवारी साधनहरूमध्ये उच्च हो ।
४. १.२ लि पेट्रोल इन्जिनमा ११० बीएचपी टर्बो चार्जड्को तुलनात्मक शक्ति
५. सिक्स स्पिड ट्रान्समिसन

उच्च प्रविधिका विशेषताहरूमा वर्गकै पहिलो

१. यस वर्गका सवारी साधनहरूमा पहिलो, डुअल जोन एफएटीसी, हिटेड ओआरभीम्स; नर्मल, कम्फर्ट र स्पोर्ट मोडसहितको स्मार्ट स्टेयरिङ सिस्टम, इकोसेन्स प्रविधि, माइक्रो हाइब्रिड प्रविधि
२. एन्टी–पिन्च फङ्सनसहितको इलेक्ट्रिक सनरूफ
३. जीपीएस नेभिगेसन, एप्पल कारप्ले र एन्ड्रोइन अटो सहितको १७.७८ सेमी टचस्क्रिन इन्फोटेन्मेन्ट
४. पुस बटम स्टार्ट-स्टप
५. डायनामिक असिस्टेन्टसहित पछाडि पार्किङ क्यामेरा
६. लेड टर्न इन्डिकेटर्ससहित पावर फोल्डेबल ओआरभीएम्स
७. स्टेयरिङमै जोडिएको फोन÷अडियो नियन्त्रक र क्रुज कन्ट्रोल
८. स्मार्ट वाच कनेक्टिभिटीसहित ब्लू सेन्स एपीपी
९. वर्षा र उज्यालोको स्मार्ट सेन्सर
 
चितुवा (चिता) प्रेरित डिजाइन

१. अगाडि आक्रमक क्रोम फ्रन्ट ग्रिल
२. स्ट्राइकिङ लेड डीआरएस्लस र स्टाइलिश लेड टेल ल्याम्पहरूसहितको प्रोजेक्टर हेडल्याम्प
३. स्पोर्टी ४३.१८ सेमी डायमन्ड कट अलोज्
४. फ्लोटिङ रुफ डिजाइन, क्लासी डुअल टोन रुप रेल्स र स्टर्डी साइल क्लाडिङ

वर्गीय परिभाषित आन्तरिक बनावट

१. यस वर्गका सवारी साधान (१,८२१ एमएम)मा फराकिलो, २,६०० एमएमको लामो व्हीलबेस । पछाडिपट्टि ३ जना यात्रुका लागि सुविधाजनक स्थान
२. प्रिमियन लेदरेट अपहोल्स्ट्रेका साथमा लेदरले मोडिएको स्टेयरिङ-गियर नब
३. ढोकाका भित्री भागका ह्यान्डनमा क्रोम
४. डुअल टोन ब्ल्याक एन बेज ड्यासबोर्ड
५. उचाइ समायोजन गर्न मिल्ने ड्राइभर सिट
६. दोस्रो पंक्तिमा ६०:४० छुट्याउन मिल्ने सिट, चौडा सतह

थप एक्सयूभी ३०० का बारेमा

एक्सयूभी ३०० चितुवा (चिता)बाट प्रेरित डिजाइन र उत्कृष्ट प्रदर्शनको एक शक्तिशाली संयोजन हो । स्वायत्त रूपमा सञ्चालित संयन्त्र (फ्री प्लोइङ टर्क) र चलाउन सहज गतिशीलयुक्त यो सवारीसाधनको एक्सिलेटर प्याडलमा तपाईको खुट्टा पर्नासाथ तपाईले यो एसयूभीका चलाउनुको आनन्द उठाउनु हुनेछ । यो एसयूभीमा रहेको सुरक्षा र प्रविधिको विशेषतामा सबै वर्गमा उत्कृष्टताले यसलाई भारतीय र नेपाली सडकमा गुड्ने सबै एसयूभीहरूमध्ये सबैभन्दा रोमाञ्चक बनाइदिएको छ ।

एक्सयूभी ३०० ले आफ्नो प्लेटफर्म स्याङयोङ टिभोलीसँग साझेदारी गरेको छ, जसको उत्पादन विश्वभरि सफलतापूर्वक बिक्री हुन्छन् । सन् २०१५ मा यसको जग बसेयता ५० भन्दा अधिक मुलुकहरूमा २.६ लाख युनिट यसका उत्पादनहरू बिक्री भइसकेका छन् । टिभोलीले सुरक्षा र एरगोनोमी सम्बन्धी थुप्रै अवार्डहरू पाइसकेको छ, जसमध्ये अटोमोटिभ टेस्टमा सन् २०१५ मा केएनसीएपी (कोरिया न्यू कार एसेसमेन्ट प्रोग्राम) बाट ग्रेड वान सेफ्टी अवार्ड पनि एक हो ।

अत्याधुनिक प्रविधि

एक्सयूभी ३०० उच्च प्रविधियुक्त सुविधाहरूयुक्त आश्रय हो, जसले ड्राइभिङको अनुभवलाई पूर्ण नयाँ स्तरमा लैजान्छ । एक्सयूभी ३०० ले तपाईलाई चालक र अगाडि बस्ने यात्रुका लागि अलग–अलग अनुकूलताअनुसारको हावा र तापक्रम समायोजन गर्ने अनुमति प्रदान गर्छ । आफ्ना सुविधाअनुकूलको सेटिङका लागि थ्री मेमेरी स्लटका कारण तपाईले सवारी यात्राका लागि आवश्यकताअनुसार व्यवस्था मिलाउन समय नष्ट गर्नु पर्दैन ।

चित्ताकर्षक, चितुवा प्रेरित डिजाइन

अगाडि आक्रामक जालीको संरचना (फ्रन्ट ग्रिल), राम्रोसँग धातु काटेर चिल्याइएको बडी  (चिसल्ड बडी), प्रभावशाली अवस्थितिका साथ एक्सयूभी ३०० सदैव आक्रमण÷धावाका लागि तयारजस्तो देखिन्छ । यसका प्रोजेक्टर हेडल्याम्प र दिउँसो बल्ने असाधरण लेड ल्याम्पहरूले दिगो छाप छोड्छन भने यसका विशिष्ट प्रकारको लेड टेल ल्याम्पहरूले अमिट छाप बनाउँछन् ।

यसको स्पोर्टी मा ४३.१८ सेमीको डायमन्ड कट मिश्र धातु जोडिएको छ र तपाईंसँग स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) छ, जसले सहरी क्षेत्रका हरेक मागहरू स्टाइलका साथ पूरा गर्छ ।

सुविधायक्त र आरामदायी क्याबिन

एक्यूभी ३०० भित्र पर्याप्त स्थानले तपाईंको स्वागत गर्दछ । यस वर्गको उत्कृष्टका रूपमा १,८२१ मिमिको विशाल क्याबिन, यस वर्गमै लामो २,६०० मिमिको व्हीलबेस र चौडा सतहका कारण दोस्रो पंक्तिमा ३ जना यात्रुहरू आरामपूर्वक बस्न सक्छन् ।
जबकी, यसको आकर्षक (फाईन्ली क्राफ्टेड) डुअल टोन ड्यासबोर्ड तथा एन्टी पिच फङ्सनका साथ परिस्कृत इलेक्ट्रिक सनरुफले समृद्धपनलाई नयाँ उचाइमा लैजान्छ ।

राम्रोसँग डिजाइन गरिएको गद्धीसहितका प्रिमियम लेदर सिटहरु, लेदरले नै मोडिएको स्टेयरिङ व्हील र रेसिङका लागि तयार गियरको नबले  तपाईंको प्रतिक्षा गरिरहेको छ ।

महिन्द्राका बारेमा

महिन्द्र गु्रप २०.७ अर्ब अमेरिकी डलरको कम्पनीहरूको संघीय संरचना (फेडेसेन) हो, जसले मानिसहरूलाई नवीन आविष्कारयुक्त गतिशील समाधानहरूका माध्यमबाट सक्षम बनाउँछ, ग्रामीण समृद्धिलाई बढाउँछ, सहरी जीवनलाई समृद्ध तुल्याउँछ, नयाँ व्यवसायहरू विकसित गर्छ र समुदायलाई बढावा दिन्छ ।

यो भारतमा उपयोगी सवारीसाधन (युटिलिटी भेहिकल्स), सूचना प्रविधि, वित्तीय सेवा तथा आतिथ्यसम्बन्धी कम्पनीहरूको साझा सम्पत्ति (भ्याकेसन ओनरसीप)मा नेतृत्वदायी भूमिकामा रहेको छ भने संख्यात्मक आधारमा विश्वकै ठूलो ट्रयाक्टर कम्पनी हो ।

यसका अन्य व्यवसायहरूमा कृषिव्यवसाय, एरोस्पेस, व्यावसायिक सवारी साधानहरू, पाटपुर्जा, रक्षा, लजिस्टिक, रियलइस्टेट, नवीकरणीय ऊर्जा, स्पिडबोटस् र स्टिललगायतका व्यवसायमा सबल उपस्थिति रहेको छ । भारतमा मुख्यालय रहेको महिन्द्राअन्तर्गत विश्वका १०० मुलुकहरूमा २,४०,००० भन्दा बढीले रोजगारी पाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय