• २०८१ बैशाख २० बिहीबार

रियल म्याड्रिडका ६ खेलाडी घाइते 

kharibot

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिड सिजनको सुरुवातमा ६ जना खेलाडी घाइते हुने दबाबमा परेको छ ।

बार्सिलोनाका प्रमुख खेलाडी घाइते भैरहेका बेला रियलका खेलाडीहरु पनि घाइते हुने क्रम जारी रहेको छ ।

पछिल्लो पटक रियलका इस्को घाइते भएपछि कम्तिमा चार साताका लागि बाहिर भएका छन् । उनलाई हामस्ट्रीङ इन्जुरी भएको रियल म्याड्रिडले जानकारी दिएको छ । रियलका यस अघि इडेन हजार्ड, फेरलान्ड मेन्डी, ब्राहिम डियाज, जेम्स रोड्रीगेज र रोड्रीगो घाइते भएका थिए ।

इस्को ला लिगाको दोस्रो खेलमा रियल भल्लाडोलिडविरुद्धको खेलको ६८औ मिनेटमा मांसपेशीमा समस्या भएपछि  मैदान छोडेका थिए । सो खेलमा रियल १-१ गोलको बराबरीमा रोकिएको थियो ।

पहिलो खेलमा सेल्टा भिगोमाथि ३-१ को जित निकालेको रियल आफ्ना ६ महत्वपूर्ण खेलाडी घाइते भएपछि अब भिल्लारियल विरुद्धको खेलमा दबाब रहेको छ ।

ला लिगामा अर्को क्लब बार्सिलोना समेत खेलाडी घाइते हुदा दबाबमा रहेको छ । बार्सिलोनाका लियोनेल मेसी, लुइस स्वरेज र उसमान डेम्बेले घाइते रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै