• २०८१ बैशाख १४ शुक्रबार

बुन्डेसलिगामा बायर्न म्युनिखको फराकिलो जित 

kharibot

काठमाडौँ । जर्मनी लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले मैन्जलाई ६-१ गोलको फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

बायर्नको जितमा बेन्जामिन पभार्ड, डेभिड अल्बा, इभान पेरिसिक, किंग्सले कोम्यान, रोबेर्ट लेवानडोस्की र अल्फोन्सो डाभिसले एक एक गोल गरेका थिए । त्यस्तै मैन्जका लागि एक गोल जिन पाउल बोएटिउसले एक गोल गरेका थिए ।

बायर्नले लिगमा तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । 

यस खेलमा बार्सिलोनाबाट एक बर्षका लागि लोनमा बायर्न आएका ब्राजिलियन खेलाडी फिलिप कोटिन्होसमेत खेलेका थिए । उनी खेलको ६७औ मिनेटमा सब्सटिच्युट भएका थिए ।

बायर्नले अब अर्को खेल सेप्टेम्बर १४ मा आरबि लेइपजिंगसँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै