• २०८१ बैशाख १७ सोमबार

पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछाने उच्च अदालतमा 

kharibot

काठमाडौं । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजनकर्मी रवि लामिछानेले उच्च अदालत हेटौडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । 

न्यायाधीश टेकराज नेपालको इजलाशले लामिछाने र युवराज कँडेलले मंगलवार दायर गरेको निवेदनमा पहिलो आज सुनुवाई गर्दै जिल्ला अदालत चितवनमा रहेको सम्पूर्ण विवरण मगाउने आदेश गरेको हो ।

लामिछानेले जिल्ला अदालले आफूलाई पाँच लाख धरौटी माग र शर्तहरु आदेशका लागि लिएको आधारहरु त्रुटीपुर्ण भएको जिकीर गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। 

उच्च अदालतले अर्को सुनुवाईमा उनीहरुसँग मागेको धरौटीको बारेमा सुनुवाई गर्नेछ । उच्चलाई उक्त आदेश मनासिव लागेमा सदर गर्नेछ भने त्रुटीपुर्ण लागेमा उल्टाउने छ । 

साउन २० मा पुडासैनीले आत्महत्या गरेपछि दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनबाट ५ लाख धरौटीमा रिहा भएका लामिछाने र ३ लाख धरौटीमा रिहा भएका अर्का पत्रकार युवराज कँडेल मंगलबार उच्च पाटनमा पुनरावेदनका लागि पुगेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै