बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप

खरीबोट

जलेश्वर । बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ । 

सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई पुरुष पसेर सामूहिक बलात्कार गर्न खोज्दा सो महिलाले गुहार माग्दै चिच्याउन थालेपछि ती दुवै पुरुष भागेका थिए ।

तर, ती महिलाले दुवै पुरुषलाई चिनेकी थिइन् भने उनले राति स्थानीय विभिन्न व्यक्तिलाई घटनाबारे जानकारी गराउँदै भोलिपल्ट आफूलाई सामूहिक बलात्कारको प्रयास गर्न खोजेका स्थानीयवासी जासिम नदाफ र नसिर नदाफमाथि प्रहरी चौकी मगरथानामा निवेदन दिएकी थिइन् ।

पीडित महिलाको निवेदनपश्चात स्थानीय राजनीतिकर्मी, भद्रभलाद्मीलगायतकाले गाउँको कुरो गाउँमै मिलाउनुपर्छ भन्दै बिहीबार प्रहरी चौकी मगरथानामा पञ्चायत बसेका थिए ।

छलफलका क्रममा पीडित र पीडकका पक्षधरबीच झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो । झडपमा दुवै पक्षका व्यक्तिमाथि सामान्य हातपात भएको थियो ।  
 

सम्बन्धित समाचार

बलात्कार आरोपमा सात जना पक्राउ

सुर्खेत । वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९

महोत्तरीमा एक युवतीको बलात्कार गरी हत्या

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार

सामूहिक बलात्कार आरोपमा तीन पक्राउ, दुई फरार

इनरुवा । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई मङ्गलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सोही घटनामा संलग्न भएका दुई फरार छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

धादिङ । सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश


z