• २०८१ बैशाख १४ शुक्रबार

अफगानिस्तानका अलराउन्डर नावीले लिए टेस्ट क्रिकेटबाट सन्यास

kharibot

काठमाडौ । अफगानिस्तानका अलराउन्डर मोहमद नावीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

अहिले बंगलादेशविरुद्ध तेस्रो टेस्ट खेलिरहेका नावीले टेस्ट क्रिकेटलाई अल बिदा गरेका हुन् । अहिले जारी बंगलादेशविरुद्धको टेस्ट आफ्नो अन्तिम टेस्ट हुने बताएका छन् ।

३४ बर्षिय नावीले आफ्नो पहिलो टेस्ट भारतविरुद्ध खेलेका थिए । सो टेस्ट अफगानिस्तानको समेत डेभ्यु टेस्ट थियो । सन्यासको घोषणा गर्दै नावीले टेस्ट क्रिकेट एक महत्वपूर्ण फर्म्याट भएको र यसमा सबै खेलाडीको खेल्ने चाहना हुने बताउदै आफ्नो अफगानिस्तानका लागि टेस्ट खेल्ने सपना पुरा भएको बताएका छन् ।

उनले भनेका छन्,' मैले पछिल्लो १८ बर्ष अफगानिस्तान क्रिकेटको सेवा गरेको छु । मेरो सपना थियो अफगानिस्तानले टेस्ट खेल्ने देशको स्ट्याटस पाओस भन्ने थियो र यसमा मैले मद्धत गर्न सकूँ भन्ने थियो ।'

नावी अफगानिस्तानको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय र पहिलो टी-२० खेल समेत खेलेका थिए । अब उनले एकदिवसीय र ती -२० खेलमा आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन् । उनले एकदिवसीय क्रिकेटमा १२१ खेल खेल्दै २६९९ रन बनाएका छन् भने १२८ विकेट समेत लिएका छन् । त्यस्तै ६८ टी-२० खेलमा ११६१ रन बनाएका छन् भने ६९ विकेट समेत लिएका छन् ।

नावी एकदिवसीय र टी-२० क्रिकेटमा विषयका उत्कृष्ट अलराउन्डर हुन् । उनी आइसीसीको अलराउन्डर वरियतामा एकदिवसीय र टी-२० दुवैमा तेस्रो स्थानमा रहेका छन् ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै