काठमाडौँ । इलाम, सुम्वेक घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण-कोरियामा रहेका लिला खतिवडाको शब्दमा ‘बाँचेकैछु जसो तसो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएकोको छ ।
संगीतकार निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन् भने यस वर्षको रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका बेनुप छेत्री को स्वर रहेको छ ।
विशेष गरी माया, प्रेम, विछोड जस्ता भावनात्मक कुराहरुलाई मार्मिक ढंगले समावेश गीतको भिडिओमा ऋचा थापा , सुमन खतिवडा र अमर दिपलाई अभिनय गराइएको छ ।
किर्तिपुरको चोभार साथै दरबार मार्ग क्षेत्रका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा युवराज वाइवाले भिडियोलाई निर्देशन गरेका छन् भने उत्सब दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।
यस गीतको म्युजिक भिडियोलाई सर्जक लिला खतिवडाले आफ्नै युट्युव च्यानल लिला खतिवडाबाट सार्वजनिक गरेका छन् ।
बाँचेकैछु जसो तसो’ बोलको गीतको म्युजिक भिडियो :