• २०८१ बैशाख १७ सोमबार

ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

kharibot

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा दोस्रो कार्यकालका लागि जीवनराम श्रेष्ठ १७ मत ल्याई पुनःनिर्वाचित भएका छन् । चार वर्षका लागि निर्वाचित श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरेका छन् ।  

अन्तरराष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिको रोहवरमा अध्यक्षसहित १९ सदस्यीय पदाधिकारी छनोटका लागि सातदोबाटोस्थित कार्यालय परिसरमा आज बिहान निर्वाचन भएको थियो ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कुराकानीमा कमिटीको स्वायत्ततालाई प्रभावकारीरुपमा अगाडि बढाउने, नेपालमा आसन्न साउथ एशियन खेललाई सफल बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा समेत उनी निर्वाचित हुन ।

यसैगरी महासचिवमा पनि जीवनराम श्रेष्ठ प्यानलका निलेन्द्रराज श्रेष्ठ १५ मत ल्याएर विजयी भएका छन् । उमेशलाल पक्षका पुरेन्द्रविक्रम लाखेले १२ मत पाएका छन् ।

निर्वाचनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र सात सदस्य चयन गर्नेछ । जम्मा २७ जना पदाधिकारी रहेको एनओसीमा २६ जना निर्वाचनमा होमिएका छन् ।
निर्वाचनको पर्यवेक्षण अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिले गरेका छन् ।

यसअघि भदौ २० गतेका लागि तय भएको निर्वाचन सर्वोच्च अदालतको आदेशपछि स्थगित भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै