काठमाडौँ । पत्रकार महासंघका सचिव रामप्रसाद दाहालसहित ९ पत्रकारहरु सिंहदरबारबाट पक्राउ परेका छन् ।
रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुर्नवहाली गर्न माग रेडियो नेपाल पुगेका नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, क्षेत्रिय प्रसारण कार्यालय डोटीबाट निस्काशित पत्रकार प्रकाश बम, चक्र कुँवर दिलिप पौडेल पक्राउ परेका हुन् ।
यसअघि महासंघको नेतृत्वमा पत्रकारहरुले भदौ २४ गते सिंहदरबारभित्र प्रवेश गरेर रेडियो नेपालको स्टुडियो भवन परिसरमा आधा घण्टा धर्ना दिएका थिए ।
शान्तिपुर्ण विरोधको कार्यक्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई अहिले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा राखिएको छ ।