एशेज सिरिजपछि आइसीसीको टेस्ट वरियतामा अस्ट्रेलियनको दबदबा 

खरीबोट

काठमाडौं । एशेज सिरिजपछि आइसीसीले जारी गरेको नयाँ टेस्ट वरियतामा अस्ट्रेलियाली खेलाडीकै दबदबा देखिएको छ ।

५ खेलको सिरिज २-२ ले बराबरीमा सकिएपछि ब्याटिंग र बलिङको वरियतामा अस्ट्रेलियाका खेलाडी नै शिर्ष स्थानमा रहेका छन् ।

टेस्ट च्याम्पियनसिप अन्तर्गत खेलिएको एशेज सिरिजपछि सिरिजमा ७७४ रन बनाएका अस्ट्रेलियाका स्टिभ स्मिथ ब्याटिंगको वरियतामा शिर्ष स्थानमा कायम रहेका छन् भने बलिङको वरियतामा अस्ट्रेलियाकै पाट कमिन्स शिर्ष स्थानमै रहेका छन् ।

स्मिथ ९३७ अंकसहित पहिलो स्थानमा छन् भने भारतीय कप्तान विराट कोहली ३४ अंक कमसहित ९०३ अंकसहित दोस्रो स्थानमा रहेका छन् । त्यस्तै न्युजील्याण्डका कप्तान केन विलियाम्सन ८७८ अंक सहित तेस्रो, भारतका चैतेश्वर पुजारा ८२५ अंकसहित चौथो र न्युजील्याण्डका हेनरी निकोल्स ७४९ अंकसहित पाँचौ स्थानमा रहेका छन् । 

त्यस्तै बलिङतर्फको वरियतामा एशेज सिरिजमा २९ विकेट लिएका अस्ट्रेलियाका पाट कमिन्स ९०८ अंकसहित शिर्ष स्थानमा रहेका छन् ।

त्यस्तै दोस्रो स्थानमा दक्षिण अफ्रिकाका कागीसो रबाडा ८५१ अंकसहित दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै भारतका जसप्रित बुम्राह तेस्रो, वेस्टइन्डिजका कप्तान जेसन होल्डर चौथो र दक्षिण अफ्रीकाका वर्नन फिलान्दर पाँचौ स्थानमा रहेका छन् ।

त्यस्तै इङल्याण्डबाट टेस्ट डेभ्यु गरेका तिब्र गतिका बलर जोफ्रा आर्चरले सिरिजमा २२ विकेट लिएसँगै वरियतामा समेत छलांग मारेका छन् । डेभ्यु हुदा ८३औ स्थानमा रहेका आर्चर ४६ स्थान हुदै अहिले ३७औ स्थानमा पुगेका छन् ।               
 

सम्बन्धित समाचार

युएईका कप्तानसहित तीन खेलाडीलाई आइसीसीको प्रतिबन्ध

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले युएईका कप्तान मोहमद नावीदसहित तीन खेलाडीलाई प्रतिबन्ध लगाएको छ । आइसीसीले नवीदसहित क्वदीर अहमद खान र शैमान अनवर बटलाई तुरुन्तै देखि लागु हुने गरि

आइसीसीद्वारा नेपाल क्रिकेटको निलम्बन ससर्त फुकुवा

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन सशर्त फुकुवा गरेको छ । दुबईमा बसेको आइसीसीको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । आइसीसीले नेपालको क्रिकेटसंघको १७ सदस्यीय समिति निर्वाचित भएको

क्यानको नयाँ नेतृत्वलाई आइसीसीको स्वागत 

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघको नयाँ नेतृत्वको स्वागत गरेको छ । आइसीसीले मंगलबार विज्ञप्ति जारी गर्दै चुनावको स्वागत गरेको छ । आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले भनेका छन्, ‘काठमाडौंमा

विराट कोहलीलाई कारवाहीस्वरूप एक डिमेरिट अंक

काठमाडौ । भारतीय कप्तान विराट कोहलीलाई आइसीसीले कारवाही गरेको छ । दक्षिण अफ्रीकाविरुद्ध आइतबार खेलेको टी-२० खेलमा आइसीसीको कोड अफ कन्डक्टविपरित व्यवहार गरेका कारण विराटलाई एक डिमेरिट अंक दिएको आइसीसीले जनाएको


z