• २०८१ बैशाख १४ शुक्रबार

टेस्ट च्याम्पियन्सिपमा अहिलेसम्म कसको कति अंक ?

kharibot

काठमाडौँ । टेस्ट च्याम्पियन्सिप अन्तर्गत अहिलेसम्म ६ टिमले आ-आफ्नो खेल खेलेका छन् ।

आइसीसीले अहिलेसम्म जारी गरेको अंक तालिकामा भारत शिर्ष स्थानमा रहेको छ । वेस्टइन्डिजविरुद्धको टेस्ट सिरिज २-० ले जितेपछि भारतले १२० अंक पाएर शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै श्रीलंका र न्युजील्याण्डबीचको सिरिज एक एकको बराबरीमा भएपछि दुवै टिमले ६०-६० अंक पाएका छन् भने दुवै दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

त्यसै गरि हालै सम्पन्न एशेज सिरिजमा अस्ट्रेलिया र इङल्याण्ड २-२ ले बराबरी खेलेपछि दुवैको ५६-५६ अंक रहेको छ ।

यो बाहेक वेस्टइन्डिज भारतसँग २ टेस्टको सिरिज हारेपछि अंक विहिन छ भने दक्षिण अफ्रीकाले अझै टेस्ट खेलेको छैन । दक्षिण अफ्रीका अहिले भारतविरुद्ध टेस्ट खेल्न भारत टुरमा रहेको छ ।

त्यस्तै बंगलादेश र पाकिस्तानले पनि अझै टेस्ट च्याम्पियनसिप अन्तर्गत कुनै खेल खेलेका छैनन् ।

के हो टेस्ट च्याम्पियन्सिप ?

आइसीसीले टेस्ट क्रिकेटलाई प्रतिष्पर्धी बनाउन टेस्ट च्याम्पियन्सिप शुरु गरेको छ । टेस्ट च्याम्पियन्सिप अन्तर्गतको टेस्ट मान्यता पाएका १२ देश मध्ये ९ देशले भाग लिदै छन् ।

टेस्ट खेलिरहेका अस्ट्रेलिया, भारत, इङल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, न्युजील्याण्ड, वेस्टइण्डिज, श्रीलंका र बंगलादेशले टेस्ट च्याम्पियनसिपमा खेल्दै छन् । त्यस्तै टेस्ट मान्यता पाएका जिम्बाबे, आयरल्याण्ड र अफगानिस्तानलाई भने यो प्रतियोगिताबाट बाहिर राखिएको छ ।

२०१९ अगष्ट १ बाट शुरु भएर २०२१ जुनमा टेस्ट च्याम्पियनसिपको फाइनल खेलिने छ । आइसीसीले यस अघि सन् २०१३ र २०१७ मै टेस्ट च्याम्पियनसिपको अवधारणा शुरु गर्न खोजे पनि अन्तत: अहिले शुरु भएको छ ।

टेस्ट क्रिकेटको विश्वकप भनिएको यस च्याम्पियनसिपमा खेलिने खेल तालिका भने अलमल हुने खालको रहेको छ । नत यसमा सबै टिमले सबै टिमसँग खेल्छन नत सबैले बराबर खेल खेल्छन ।

यस च्याम्पियनसिपमा सबै भन्दा धेरै खेल इङल्याण्डले २२ खेल खेल्ने छ भने अस्ट्रेलियाले १९ खेल खेल्ने छ । त्यस्तै भारतले १८, दक्षिण अफ्रिकाले १६, वेस्टइन्डिजले १५, न्युजील्याण्ड र बंगलादेशले १४-१४, त्यस्तै पकिस्तान र श्रीलंकाले १३-१३ खेल खेल्ने छन् ।

अंक पाउने तरिका :

टेस्ट च्याम्पियनसिपमा २, ३,४ र ५ खेलका सिरिज हुने छन् । जसमा अधिकतम अंक १२० हुने छ । जसमा २ खेलको सिरिजमा खेल जित्ने टिमले ६० अंक हासिल गर्ने छ भने खेल टाई भएमा ३० अंक र खेल ड्र भएमा २० अंक पाउने छ ।

त्यस्तै ३ खेलको सिरिजमा खेल जितेमा ४० अंक, टाई भएमा २० अंक र ड्र भएमा १३.३ अंक हासिल गर्ने छ । त्यस्तै चार खेलको सिरिजमा खेलमा जितेमा ३० अंक, टाई भएमा १५ अंक र ड्र भएमा १० अंक पाउने छ । त्यस्तै ५ खेलको सिरिजमा खेल जितेमा २४ अंक, टाई भएमा १२ अंक र ड्र भएमा ८ अंक हासिल गर्ने छन् ।

साथै खेलका क्रममा टिमले तोकिएको समयमा ओभर रेट मेन्टेन नगरेमा तोकिएको समय भन्दा पछि फालिएको ओभ अनुसार प्रति ओभर २ अंक घटाइने समेत नियम रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै