• २०८१ बैशाख १५ शनिबार

च्याम्पियन्स लिगका खेल आजदेखि, को को खेल्दै छन् ?

kharibot

काठमाडौँ । यस सिजनको युएईएफए च्याम्पियन्स लिगको समुह चरणका खेलहरु आज राति देखि शुरु हुदै छन् ।

च्याम्पियन्स लिगका लागि छनौट भएका ३२ टिमलाई ८ समुहमा विभाजन गरेर हरेक टिममा चार क्लबको समुहमा विभाजन गरिसकिएको छ ।

गत सिजनमा प्रिमियर लिग क्लब लिभरपुलले उपाधि जितेको थियो । लिभरपुलले गत सिजनमा छैठौ पटक उपाधि जितेको थियो । 

च्याम्पियन्स लिगको इतिहासमा अहिलेसम्म रियल म्याड्रिडले १३ पटक उपाधि जितेको छ ।त्यस्तै इन्टर मिलानले ७ पटक, लिभरपुलले ६ पटक, बायर्न म्युनिख र बार्सिलोनाले ५-५ पटक च्याम्पियन्स लिग जितेका छन् ।

आज देखि समुह चरणका खेल शुरु हुन् लाग्दा लिभरपुललाई यस सिजनमा पनि च्याम्पियन्स लिग जित्ने सम्भावना बलियो भएको टिमको रुपमा हेरिएको छ ।

२०१५-१६, २०१६-१७ ४ २०१७-१८ गरी तीन सिजन लगातार च्याम्पियन्स लिग जितेको रियल म्याड्रिड गत सिजनमा खराब प्रदर्शन पछि जिनेदिन जिदानलाई पुनरागमन गराएर फेरी जित्ने तयारी गरिरहेको छ । तर क्रिस्टियानो रोनाल्डोले छोडेपछि रियल म्याड्रिडमा गोल गर्ने खेलाडीको अभाव खड्किएको छ । चेल्सीबाट इडेन हजार्डलाई लगेपनि उनको रियलमा उनको सुखद सुरुवात हुन सकेको छैन ।

त्यस्तै स्पेनिस कल्ब बार्सिलोना हरेक बर्ष च्याम्पियन्स लिगको प्रमुख दाबेदार हुने गर्दछ । राम्रो सुरुवात गरेपनि क्वाटरफाइनल, सेमिफाइनलमा बार्सिलोना पराजित हुने गरेको छ । यस सिजनमा फ्रेन्च स्टार एन्टोनी ग्रीजम्यानलाई भित्र्याएको बार्सिलोनालाई लियोनेल मेसी, लुइस स्वरेज जस्ता खेलाडीको उपस्थितिले यस सिजनमा पनि उपाधिको प्रमुख दाबेदार बनाएको छ ।

अहिले विश्वकै उत्कृष्ट खेलाडी मेसीलाई विश्व फुटबलमा आफ्नो दबदबा कायम राख्न पनि सय सिजनमा च्याम्पियन्स लिगजित्नै पर्ने अवस्था रहेको छ । 
त्यस्तै प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीलाई पनि च्याम्पियन्स लिगमा राम्रो गर्नसक्ने टिमको रुपमा हेरिएको छ । पोप गोआर्डीओलाको नेतृत्वमा रहेको टिमपनि सशक्त टिमको रुपमा रहेको छ ।

त्यस्तौ च्याम्पियन्स लिगमा रोनाल्डो खेल्ने टिम युभेन्टस पनि बलियो दाबेदार रहेको छ । रोनाल्डोले आफ्नो क्यारियरमा ५ पोतक च्याम्पियन्स लिग जितेकाले उनीमा युभेन्टसलाई च्याम्पियन्स लिग जिताएर आफु उत्कृष्ट रहेको प्रमाणित गर्ने चुनौती रहेको छ ।

त्यस्तै यस दौडमा जर्मनीको बायर्न म्युनिख, फ्रान्सको पिएसजी स्पेन कै एटलेटिको म्याड्रिड जस्ता क्लबहरु च्याम्पियन्स लिगमा कम्तिमा क्वाटरफाइनल सम्म पुग्न सक्ने अनुमान गर्न सकिन्छ । 

त्यस्तै गत सिजनमा चमत्कार गरेको नेदरल्याण्डसको क्लब अयाक्स, फाइनलमा पुगेको प्रिमियर क्लब टोटनह्याम जस्ता क्लबले धेरै टिमलाई यस सिजनमा पनि सरप्राइज दिन सक्ने देखिन्छ ।

आज राति यस सिजनका समुह चरणका पहिलो खेल हुदै छन् । जसमा इन्टर मिलानले स्लाभिया प्राह, ओलम्पिक लियोनले जिनिथ, अयाक्सले लिल्ली, बेनिफिकाले आरबी लेइपिंग, बार्सिलोनाले डोर्टमण्ड, चेल्सीले भलेन्सिया, नापोलीले लिभरपुल, स्लजबर्गले जेन्कसँग क्लब ब्रुगेले गालाटासारेसँग र ओलाम्पियाकोसले टोटनह्यामसँग खेल्दै छन् ।

त्यस्तै भोलि राति एटलेटिको म्याड्रिडले युभेन्टससँग, बायर लिभरकुसनले लोकोमोटिभ मोक्स्भासँग, बायर्न म्युनिखले क्रभेना जाभेज्ड़ासँग, डाइनामो जाग्रेबले एटलान्टासँग, पिएसजीले रियल म्याड्रिडसँग र शख्तर डोनेटस्कले म्यानचेस्टर सिटीसँग खेल्दै छन् ।

कुन समुहमा को को छन् ?

समुह ए 

पिएसजी
रियल म्याड्रिड
क्लब ब्रुगे
गालाटासारे   

समुह बि 

बायर्न म्युनिख 
टोटनह्याम
ओलाम्पियाकोस
रेड स्टार बेल्ग्राडे
  
समुह सि 

म्यानचेस्टर सिटी 
शख्तर डोनेटस्क
जिएनके डाइनामो
एटलान्टा  
 
समुह डी 

युभेन्टस 
एटलेटिको म्याड्रिड
लिभरकुसन   
लोकोमोटीभ मोस्को  

समुह ई 

लिभरपुल 
नापोली
स्लाजबर्ग 
जेन्क 
 
समुह एफ 

बार्सिलोना 
डोर्टमण्ड 
इन्टर मिलान 
स्लाभिया पराग्वे 

समुह जी 

जेनिथ 
बेनिफिका
लियोन  
लेइपजिंग  

समुह एच 

चेल्सी
अयाक्स
भलेन्सिया         
लिल्ले                                                    
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै