• २०८१ बैशाख २४ सोमबार

सीपीएलमा सेन्ट लुसिया र नाइट राइडर्सले अंक बाँडे, यस्तो भयो अंक तालिका

kharibot

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत सेन्ट लुसिया जोउक्स र ट्रीनबागो नाइट राइडर्सबीचको खेल बर्षाका कारण रोकिएपछि दुवै टिमले अंक बाडेका छन् ।

टस हारेर पहिला ब्याटिंग गरेको सेन्ट लुसियाले १२.२ ओभरमा ४ विकेट गुमाएर ९९ रन बनाएपछि खेल बर्षाले रोकिएको थियो ।

सेन्ट लुसियाका लागि कोलिन इन्ग्रामले अविजित ३४ बलमा ५२ रन बनाए भने कोलिन डि ग्राण्डहोमले १७ रन बनाए ।

त्यस्तै नाइट राइडर्सका बलर अली खान, जेम्स निशाम, केरन पोलार्ड र खरी पिएररेले एक एक विकेट लिएका थिए ।

यो खेलमा दुवै टिमले अंक बाँडेपछि नाइट राइडर्स६ खेलमा ९ अंक हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै सेन्ट लुसिया भने छ खेलमा ३ अंक हासिल गर्दै पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै गुयाना अमजोन वारियर्स ५ खेलमा सबै खेल जितेर १० अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै सेन्ट किट्स एण्ड नेभिसले ८ खेलमा ४ जित र ४ हारसहित ९ अंक बटुल्दै तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै नेपाली लेग स्पिनर सन्दीप लामिछाने खेलिरहेको टिम बर्बाडोस ट्रीडेन्टस् ४ खेल खेल्दै २ जित र २ हारसहित ४ अंक बटुलेर चौथो स्थानमा रहेको छ । त्यस्तै क्रिस गेलको नेतृत्वमा रहेको जमैका तल्लावाह ७ खेलमा ६ खेलमा हार बेहोर्दै केबल एक जितका साथ २ अंक हासिल गरेर अंक तालिकामा पुछारमा रहेको छ ।

अंक तालिका :

                  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै