• २०८१ बैशाख २४ सोमबार

सीपीएलमा सन्दीपको तेस्रो खेल आज राति १२ बजे

kharibot

फाइल तस्वीर

काठमाडौँ । क्यारेवियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछानेको आज राति आफ्नो तेस्रो खेल खेल्दै छन् । सन्दीपको टोली जमैका तलावाजले आज राति १२ बजे गुयाना अमेजन वारियर्स विरुद्ध खेल्दै छ । 

सन्दीपले सीपीएलमा हालसम्म खेलेका दुई खेलमा दुई विकेट लिएका छन् । उनले भदौ ३ गते सेन्ट लुसिया विरुद्धको पहिलो खेलमा ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए । यस्तै भदौ ५ गते ट्रिनबागो नाइट राइडर्स विरुद्ध भएको दोस्रो खेलमा सन्दीपले ४ ओभरमा ३० रन दिँदै एक विकेट लिएका थिए ।

सन्दीपको टोली जमैकाले सेन्ट लुसियासितको खेल ५ विकेटले जितेको थियो भने ट्रिनबागोसँगको खेल ७ विकेटले गुमाएको थियो । ट्रिनबागो दुवै खेल जितेर हालसम्म शीर्ष स्थानमा रहेको छ । दुई खेलमा एउटामा जित तथा एउटामा हारका साथ गुयाना दोस्रो स्थानमा छ । यस्तै दुई खेलमा एकमा जित र एउटामा हारका साथ जमैका चौथो स्थानमा छ । रनरेट कमजोर हुँदा जमैका चौथो स्थानमा झरेको हो । 

गुयाना पहिलो खेलमा ट्रीनबागो नाइट राइडर्ससँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा गुयानाले सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्र्सलाई ३ विकेटले हराएको थियो । सन्दीप तेस्रो पटक सिपिएल खेल्दैछन् ।

उनले यस अघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । यस वर्षको सीपीएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै