• २०८१ बैशाख २६ बुधबार

विराट कोहलीलाई कारवाहीस्वरूप एक डिमेरिट अंक

kharibot

काठमाडौ । भारतीय कप्तान विराट कोहलीलाई आइसीसीले कारवाही गरेको छ ।

दक्षिण अफ्रीकाविरुद्ध आइतबार खेलेको टी-२० खेलमा आइसीसीको कोड अफ कन्डक्टविपरित व्यवहार गरेका कारण विराटलाई एक डिमेरिट अंक दिएको आइसीसीले जनाएको छ ।

विराटले आइसीसीको कोड अफ कन्डक्टको आर्टिकल २.१२ अनुसार दोषी पाइएको हो । यसका अतिरिक्त विराटको नाममा एक डिमेरिट अंक अनुशासनको रेकर्डमा समेत जोडिने भएको छ । २०१६ सेप्टेम्बरमा आइसीसीले आफ्नो नियम परिवर्तन गरेपछि विराटको यो तेस्रो पटक नियम उलंघन हो ।

विराटले २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट र २०१९ मा आइसीसी विश्वकपमा अफगानिस्तानविरुद्धको खेलमा एक एक गरि कुल तीन डिमेरिट अंक पाएका छन् ।

आइतबार खेलमा भारतले ब्याटिंग गरिरहेको बेला खेलको पाँचौ ओभरमा रन लिने क्रममा कोहलीले दक्षिण अफ्रीकाका बलर बेउरान हेनड्रिक्ससँग कुम जुधाएका थिए ।

विराटले आफ्नो गल्ति स्वीकार गरेकाले यस प्रकरणमा थप सुनुवाईको आवश्यकता नरहेको आइसीसीले जनाएको छ ।
        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै