काठमाडौ । कलंकी चोकमा बनिरहेको ‘अन्डरपास’ को कम तिब्र गतिमा भैरहेको छ । कोटेश्वर- कलंकी सडक खण्ड अन्तर्गत कलंकीमा बन्न लागेको अन्डर वे चीन सरकारको सहयोगमा बन्न लागेको हो ।
अब करिब ६ महिनामा काम सम्पन्न गर्ने गरी काम भइरहेको सो अन्डरपास सडक बल्खुबाट सीतापाइला जाने सडक चोकबाट चार सय मिटर दक्षिणदेखि चार सय मिटर परसम्म बन्दै छ ।
चारैतिरबाट देब्रेतर्फ मोडिने ठाउँमा दुई लेनको फराकिलो सडक भने यथावत् रहनेछ । अन्डरपास सडक जाने र आउने दुईदुई गरी चार लेनको सडक निर्माण कार्य अहिले भैरहेको छ ।
यसै अन्डरपास सडकको अहिलेसम्म निर्माण भएको स्थिति तस्विरमा हेरौ :