• २०८१ बैशाख १७ सोमबार

ज्ञानेन्द्र शाही चितवनमा कुटिए

kharibot

चितवन । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्दै हिँडिरहेका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाही चितवनमा कुटिएका छन् ।  

चितवनको चौबिसकोठीमा गर्न लागिएको कार्यक्रममा सहभागी हुन त्यहाँस्थित होटेलबाट बाहिरिने क्रममा उनीमाथि युवा विद्यार्थीले कुटपिट गरेका हुन् ।

बा ३ ख ४५ नम्बरको माइक्रोबसमा चढेर बाहिरिने क्रममा रहेका उनीमाथि कुटपिट गरिएपछि प्रहरीले उद्धार गरेर उपचारका लागि चितवन मेडिकल कलेजमा पुर्याएको छ ।

कुटपिबाट शाहीको टाउको, खुट्टा र शरीरका अन्य भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

शाहीका समर्थकहरूले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुबाट कुटपिट भएको दाबी गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै