• २०८१ बैशाख १४ शुक्रबार

नवलपरासीमा खानेपानी आयोजना सम्पन्न

kharibot

फाइल तस्वीर

नवलपरासी ।  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ धर्म बस्तीमा  खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि स्थानयीवासीले शुद्ध खानेपानी पिउन पाएका छन् ।

विसं २०६५ बाट निर्माण शुरु भएको सो आयोजना दुई महीना अघि सकिएको हो । सङ्घीय सरकारको रु दुई करोड ८४ लाख, साविकको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नवलपरासीबाट रु ३५ लाख र पाइपलाइन विस्तारका लागि बर्दघाट नगरपालिको रु छ लाखको लगानीमा सो आयोजनाको निर्माण सम्पन्न भएको दाउन्नेदेवी खानेपानी समितिका सचिव दुर्गा चौधरीले बताए ।

आयोजनाबाट बर्दघाट नगरपालिका–१४ धर्मबस्ती, गङ्गाबस्ती, सूर्यनगर, शीतल बस्तीलगायतका स्थानीयवासीले शुद्ध खानेपानी पिउन पाएका छन् । साविक दाउन्नेदेवी गाउँ विकास समितिका वडाअन्तर्गत हाल बर्दघाट नगरपालिका–१४ का करीब एक हजार २०० घरधुरीलाई शुद्ध पानी वितरण गरिने योजना रहेको समितिका अध्यक्ष सूर्य आलेले जानकारी दिए ।

अहिलेका लागि दुई लाख २५ हजार लिटर क्षमता भएको  ट्याङ्की  निर्माण गरिएको र अपुग भएमा बोरिङमार्फत पानी रिजर्भ र फिल्टर गरी जनसमुदायलाई शुद्ध पिउने पानी वितरण गरिने योजना बनाइएको समितिले जनाएको छ ।

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै