• २०८१ बैशाख २६ बुधबार

च्याम्पियन्स लिगमा लिभरकुशनमाथि युभेन्टसको सहज जित

kharibot

काठमाडौँ । इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग अन्तर्गत बायर लिभरकुसनलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा युभेन्टसले लिभरकुशनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा गोन्जालो हुगैन, फेडरिको बेर्नारडेसची र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।

रोनाल्डोले यस खेलमा गोल गरेसँगै च्याम्पियन्स लिगको इतिहासमा ३३ टिमविरुद्ध गोल गर्दै रियल म्याड्रिडका पुर्व खेलाडी राउलको रेकर्डको बराबरी गरेका छन् ।

च्याम्पियन्स लिगको पहिलो खेलमा एटलेटिको म्याड्रिडसँग २-२ गोलको बराबरीमा रोकिएको युभेन्टसले यस जितसँगै महत्वपूर्ण ३ अंक बटुलेको छ भने समुह डि मा २ खेलमा ४ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ ।

युभेन्टसले अब अर्को खेल सिरी ए अन्तर्गत आइतबार डि'इटालियन डर्बी अन्तर्गत इन्टर मिलानविरुद्ध खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै