• २०८१ बैशाख १४ शुक्रबार

च्याम्पियन्स लिगमा चेल्सीको महत्वपूर्ण जित, विलियनले गरे निर्णायक गोल 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत प्रिमियर लिग क्लब चेल्सीले फ्रेन्च क्लब लिलीमाथि महत्वपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न अवे खेलमा चेल्सीले लिलीमाथि २-१ को जित हासिल गरेको हो । चेल्सीको जितमा ब्राजिलियन खेलाडी विलियनले निर्णायक गोल गरेका थिए ।

यस अघि युवा खेलाडी टामी अब्रहीमको गोलमा शुरुवाती अग्रता लिएको चेल्सीले खेलको ३३औ मिनेटमा गोल खाएपछि खेल बराबरी भएको थियो । लिलीका लागि भिक्टर ओसिमहेनले गोल गरेका थिए ।

विलियनले खेलको ७७औ मिनेटमा निर्णायक गोल गरेर चेल्सीलाई जित दिलाएका थिए ।

यस अघि अफिलो खेलमा भलेन्सियासँग १-० ले पराजित भएको चेल्सीको २ खेलमा ३ अंक भएको छ । त्यस्तै लिलीले दुवै खेलमा हार बेहोरेको छ भने यस समुह एचमा अयाक्स दुवै खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै भलेन्सियाको पनि २ खेलमा ३ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै