• २०८१ बैशाख १४ शुक्रबार

इराकमा हिंसामा ९ जनाको मृत्यु, बग्दादमा निषेधाज्ञा

kharibot

बग्दाद । दुई दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेपछि इराकको राजधानी बग्दादमा बिहीबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरिएको छ ।

देशव्यापी हिंसाका कारण कम्तीमा नौ जनाको मृत्यु भइसकेको छ ।

इराकी प्रधानमन्त्री अदेल अब्देल माहदीले स्थानीय समयानुसार बिहान ५ बजेदेखि लागू हुनेगरी बग्दादमा अनिश्चितकालीन निषेधाज्ञा लगाउन आदेश दिएका छन् । 

मुलुकमा बढ्दो बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै केही दिनदेखि सरकार विरुद्ध देशव्यापी प्रदर्शनहरु भइरहेका छन् । 

बिहीबार बिहान केही कार र नागरिक बग्दादका सडकमा देखिएका थिए, र मोक्तादा अल–सदर जस्ता प्रभावशाली धर्मगुरुहरुले पनि आमहडतालमा उत्रन सर्वसाधारणलाई अपिल गरेका छन् । 

तनाब बढ्दै गएका कारण मुलुकको इन्टरनेट सेवा लगभग बन्द रहेको, सरकारी कार्यालयहरु बन्द गरिएका र ग्रीन जोनलाई पनि असर पार्ने गरी गएराति कम्तीमा दुईवटा विस्फोट गराइएका थिए ।
निकै सुरक्षित मानिएको ग्रीन जोनमा मन्त्रालयहरु र राजदूतावासहरु रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै