• २०८१ बैशाख १७ सोमबार

दशैंको पुर्व सन्ध्यामा नेप्सेमा पुरै हरियाली

kharibot

काठमाडौ । दशैंको पुर्र्वसन्ध्यामा नेप्सेमा पुरै हरियाली छाएको छ । आज बिहिबार नेप्से आठ दसमलव ६९ अंकले बढेर ११ सय ४९ दसमलव ४० बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि दुई दसमलव १९ अंकले बढेर दुई सय ५१ दसमलव ९७ बिन्दुमा चढेको छ ।

एक सय ५३ कम्पनीहरुको दुई हजार छ सय ९५ वटा कारोवारमा छ लाख ४७ हजार पाँच सय ६२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम १७ करोड ६६ लाख ३३ हजार पाँच सय १४ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा १० वटा समुहको सुचक बढेकाछन भने फाईनान्स समुहको सुचक घटेको छ । यि मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव १५ अंकले बढेर एक हजार ५६ दसमलव ५४ बिन्दुमा चढेकोमा बिकास बैंक समुहको सुचक १३ दसमलव चार अंकले बढेर १५ सय ६० दसमलव ६० बिन्दुमा चढेको छ ।

जलबिद्युत समुहको सुचक पनि सात दसमलव ६८ अंकले बढेर नौ सय ४४ दसमलव ६९ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुुचक पनि ३९ दसमलव आठ अंकले बढेर चार हजार दुई सय ५६ दसमलव सात अंकमा चढेको छ । लघुबित्त, जीवन बीमा, होटल, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । 

आज बढी कमाउने कम्पनीहरुको सुचीमा परेको युनिलिभिर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर २० हजार एक सय ८५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा परेको युनाईटेड फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ८० पैसाले घटेर एक सय ८४ रुपैयाँमा कारोवार भएको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा परेको सोल्टी होटलको प्रतिकित्ता दुई सय १२ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड १० लाख ७१ हजार सात सय ६६ रुपैयाँको कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै