मुम्बई । गत बुधबार रिलिज भएको अभिनेता ऋतिक रोशन र टाइगर सराफको फिल्म 'वार' ले बक्स अफिस शानदार कमाई गरेको छ ।
फिल्मले रिलिजको चौथो दिन सय करोड क्लब पार गरेको छ । वारले चौथो दिन शनिबार बक्स अफिसमा २८ करोड ७५ लाख कलेक्सन गर्दै १२८ करोड ८५ लाख कमाई गरेको छ ।
वारले रिलिजको पहिलो दिन 'वार' ले भारतीय बक्स अफिसमा ५३ करोड ३५ लाखको कमाई गरेको थियो भने दोस्रो दिन २४ करोड ४५ लाख कमाई गरेको थियो । त्यस्तै वारले रिलिजको तेस्रो तीन २२ करोड ४५ लाख कमाई गरेको थियो ।
अब फिल्म यसै बर्ष रिलिज भएको सलमान खानको फिल्म भारतको ५ दिनको १५० करोड कमाईको रेकर्ड तोड्न नजिक रहेको छ ।
पहिलो दिन भारतभर कुल ४ हजार स्क्रिनमा रिलिज गरिएको 'वार' को शुक्रबार देखि थप १५ सय स्क्रिन बढेको बताइएको छ ।
फिल्मले राष्ट्रिय बिदामा सर्वाधिक कमाई गर्ने रेकर्ड बनाएको छ भने अभिनेता ऋतिक रोशन र टाइगर सराफको क्यारियरकै पहिलो दिन सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ ।
सिद्धार्थ आनन्दले निर्देशन गरेको यो फिल्म रिलिज अघि नै अत्याधि चर्चामा रहेको छ । 'वार' को बक्स अफिसमा एडभान्स बुकिंगले पनि नयाँ रेकर्ड बनाएको छ । फिल्मको रिभ्यु समेत रम्रो भएकाले फिल्म बक्स अफिसमा सुपर हिट हुने अनुमान गरिएको छ ।
उत्कृष्ट म्युजिक र ऋतिक र टाइगरको द्वन्द पर्दामा पहिलो पटक हेर्न दर्शक उत्साहित रहेकाले पनि फिल्मले बक्स अफिसमा शानदार कमाई गर्ने बताइएको छ ।