बेल्जियम युरोकपमा छनौट हुने पहिलो देश

खरीबोट

काठमाडौँ । बेल्जियम युरो कप २०२० को लागि छनौट भएको छ । गएराती सम्पन्न खेलमा बेल्जियमले सान मारिनोलाई ९-० गोल को फराकिलो अन्तरले पराजित गर्दै युरोकपमा छनौट भएको हो ।

बेल्जियमको जितमा रोमेलु लुकाकुले २ गोल गरे भने नासर चादली, टोबी अल्डर वेईरेल्ड, योउरी टिएलेमेन्स, क्रिस्टियन बेन्टेक, यारी भेर्सचारेन र टिमुथि कास्टागनेले एक एक गोल गरेका थिए भने एक गोल सान मारिनोका क्रिस्टियन ब्रोलीले आत्मघाती गोल गरेका थिए ।

यो सँगै लुकाकुले अन्तर्राष्ट्रिय खेलमा आफ्नो ५० गोल समेत पुरा गरेका छन् ।

युरो छनौटको समुह आइमा रहेको बेल्जियम यो जितपछि ७ खेलमा अपराजित हुदै युरोमा छनौट हुने पहिलो देश बनेको छ ।
     
 

सम्बन्धित समाचार

युरोकप छनौटमा इटाली अपराजित

‌काठमाडौँ । युरोकप छनौट अन्तर्गत इटाली अपराजित रहेको छ । समुह जे अन्तर्गत गएराती सम्पन्न खेलमा इटालीले लिएचटेनस्टेनलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । इटालीको जितमा एन्द्रे बेलोट्टीले २ गोल

स्विडेनसँग बराबरी खेल्दै स्पेन युरोकपमा छनौट

काठमाडौँ । स्पेन युरोकपमा छनौट भएको छ । गएराती समुह एफ अन्तर्गतको खेलमा स्पेनले स्विडेनसँग १-१ गोलको बराबरी खेल्दै २०२० मा हुने युरोकपका लागि छनौट भएको हो । स्पेनका लागि रोड्रीगोले खेलको

युरोकप छनौटमा फ्रान्स टर्कीसँग बराबरीमा रोकियो

काठमाडौं । युरोकप २०२० छनौट अन्तर्गत फ्रान्स टर्कीसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न समुह एच अन्तर्गतको खेलमा फ्रान्स र टर्की १-१ गोलको बराबरीमा रोकिएका हुन् । पहिलो हाफ बिना कुनै गोल

बुल्गेरियाको पोष्टमा इङल्याण्डको ६ गोल  

काठमाडौं । युरोकप २०२० छनौट अन्तर्गत इङल्याण्डले बुल्गेरियामाथि फराकिलो जित हासिल गरेको छ । समुह ए अन्तर्गतको गएराती सम्पन्न खेलमा इङल्याण्डले बुल्गेरियालाई ६-० गोल अन्तरले पराजित गरेको हो । इङल्याण्डको जितमा रोज


z