दक्षिण अफ्रीकाविरुद्ध कोहलीको दोहोरो शतकपछि भारत बलियो अवस्थामा 

खरीबोट

काठमाडौँ । दक्षिण अफ्रीकाविरुद्धको दोस्रो टेस्टमा भारतले पहिलो इनिंगमा बिशाल रन बनाएको छ । 

भारतीय कप्तान विराट कोहलीको दोहोरो शतक र मयंक अग्रवालको शतकको मद्धतले भारतले पहिलो इनिंगमा ५ विकेट गुमाएर ६०१ रन बनाउदै इनिंग घोषणा गरेको छ ।

खेलको दोस्रो दिन सकिदा दक्षिण अफ्रिकाले ३ विकेट गुमाएर ३६ रन बनाएको छ । दक्षिण अफ्रीकाका डिन एल्गर ६ रन, एडेन मार्क्रम शुन्यमा र टेम्बा बभुमा ८ रन बनाएर आउट भएका छन् ।

भारतका उमेश यादवले २ विकेट लिए भने मोहमद सामीले एक विकेट लिएका छन् ।

दोस्रो दिनको खेल सकिद दक्षिण अफ्रीका अझै ५६५ रनले पछाडी रहेको छ ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५ विकेट गुमाउदै ६०१ रन बनाएको थियो । भारतका कप्तान विराट कोहलीले २५४ रन बनाए भने मयंक अग्रवालले १०८ रन बनाए ।

त्यस्तै रविन्द्र जडेजा ९१ रन बनाएर आउट भए भने आजिख्य रहाने ५९ र चैतेश्वर पुजाराले ५८ रन बनाए । त्यस्तै रोहित शर्माले १४ रन बनाए ।

भारतीय कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा आफ्नो अहिलेसम्म कै उत्कृष्ट इनिंग खेल्दै २५४ रनको पारी खेलेका छन् ।

उनले यस खेलसँगै टेस्ट क्रिकेटमा ७ हजार रन समेत पुरा गरेका छन् । विराटको टेस्ट क्रिकेटमा यो सातौ दोहोरो शतक हो भने २६ औ टेस्ट शतक हो ।  
 

सम्बन्धित समाचार

भारत र बंगलादेशबीच हुने दोस्रो टेस्ट डे-नाइट हुने

काठमाडौं । भारत र बंगलादेशबीच हुने दोस्रो टेस्ट क्रिकेट खेल डे-नाइट हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र बंगलादेश क्रिकेट बोर्ड २२ नोभेम्बरदेखि शुरु हुने दोस्रो टेस्ट डे-नाइट टेस्ट

बंगलादेशविरुद्ध खेल्ने भारतीय टिमको घोषणा, को को परे ?

काठमाडौँ । भारतले बंगलादेशविरुद्ध हुने टी-२० र टेस्ट सिरिजका लागि खेलाडी घोषणा गरेको छ । भारतीय टिममा टी-२० सिरिजमा नियमित कप्तान विराट कोहलीलाई आराम दिइएको छ भने रोहित शर्मालाई टी-२० को

भारतद्वारा दक्षिण अफ्रीकाविरुद्धको टेस्ट सिरिज क्लिन स्विप 

काठमाडौँ । भारतले दक्षिण अफ्रीकाविरुद्धको तेस्रो टेस्ट इनिंग र २०२ रनले जितेको छ । खेलको चौथो दिन खेलेको तेस्रो ओभरमै शाहबाज नदीमले लगातार २ बलमा दुई विकेट लिएपछि भारत विजयी भएको

दक्षिण अफ्रीकाविरुद्धको तेस्रो टेस्टमा भारत जितको नजिक 

काठमाडौँ । दक्षिण अफ्रीकाविरुद्धको तेस्रो टेस्टमा भारत जितको नजिक रहेको छ । फलो अनमा रहेको दक्षिण अफ्रिकाले आफ्नो दोस्रो इनिंगमा १३२ रन बनाएर ८ विकेट गुमाएपछि भारत जितका लागि अब


z