युरो छनौटमा इङल्याण्डको अप्रत्याशित हार

खरीबोट

काठमाडौँ । युरोकप २०२० को छनौट खेल अन्तर्गत इङल्याण्ड पराजित भएको छ ।

गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा इङल्याण्ड चेक रिपब्लिकसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

१-१ गोलको बराबरी रहेको अवस्थामा सब्सटिच्युटको रुपमा आएका चेकका जेडेनेक अनड्रासेकले खेलको ८५औ मिनेटमा गोल गर्दै इङल्याण्डमाथि अप्रत्याशित जित हासिल गरेका थिए ।

यस अघि ह्यारी केनले खेलको पाँचौ मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै शुरुवाती अग्रता लिएकोमा खेलको ९औ मिनेटमा नै चेकका जाबुक ब्राबेकले गोल गर्दै खेल बराबरी गरेका थिए ।

हारपछि पनि इङल्याण्ड ५ खेलमा १२ अंकसहित समुह ए मा शिर्ष स्थानमा रहेको छ भने चेक रिपब्लिक ६ खेलमा १२ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ ।

अब इङल्याण्डले आगामी सोमबार बुल्गेरियासँग अर्को खेल खेल्ने छ । 
 

सम्बन्धित समाचार

युरोकपमा २० देश छानिए, अब चार स्थानका लागि १५ देश प्लेअफ खेल्दै

काठमाडौँ । सन् २०२० को युरोकपका लागि २० देश छानिए भएका छन् । आउदो बर्ष जुन १२ देखि जुलाई १२ सम्म युरोपका विभिन्न १२ वटा शहरमा हुने युरो २०२० फुटबल प्रतियोगिताका

रामसीले दुई गोल गर्दै वेल्सलाई युरोकपमा पुर्याए 

काठमाडौँ । वेल्स युरोकपमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा वेल्सले हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । वेल्सको जितमा युभेन्टसबाट खेल्ने एरोन रामसीले दुवै

समुहमा पहिलो हुदै जर्मनी युरोकपमा छनोट

काठमाडौँ । युरोकप छनौट अन्तर्गत जर्मनीले उत्तरी आयरल्याण्डलाई ६-१ गोल अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा जर्मनीले फराकिलो अन्तरले जित हासिल गर्दै युरो कपमा आफ्नो स्थान सुरक्षित गरेको हो

लुइस इनरिक स्पेनको मुख्य प्रशिक्षकमा फर्किए

काठमाडौँ । बार्सिलोना र स्पेनका पुर्व कोच लुइस इनरिक स्पेनको राष्ट्रिय फुटबल टिमको कोचमा फर्किएका छन् । इनरिकले गत जुलाईमा आफ्नी ९ बर्षिय छोरीलाई क्यान्सर भएपछि स्पेनको कोचबाट राजीनामा दिएका थिए


z