• २०८१ बैशाख १४ शुक्रबार

मेसीको राष्ट्रिय टिममा व्यग्रताका साथ प्रतिक्षा गरिएको छ – प्रशिक्षक स्कलोनी 

kharibot

काठमाडौँ । लियोनेल मेसी अर्को महिना अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किने भएका छन् ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कलोनीले मेसी नोभेम्बरमा राष्ट्रिय टिममा फर्किने बताएका छन् ।

हाल राष्ट्रिय टिममा प्रतिबन्धका कारण टिम बाहिर रहेका मेसीको टिममा व्यग्रताका साथ् प्रतिक्षा भइरहेको कोचले स्कलोनीले बताएका छन् ।

स्कलोनीले सर्जियो अग्युरो सतप्रतिशत फिट नभएका कारण राष्ट्रिय टिमबाट नखेलेको बताउदै मेसी र अग्युरो दुवै अर्को महिना राष्ट्रिय टिमबाट खेल्ने बताए ।

मेसीले अर्जेन्टिनाका लागि चिली, मेक्सिको र जर्मनीविरुद्धको खेल गुमाइसकेका छन् भने आज हुने इक्वेडरविरुद्धको खेलमा पनि मेसी खेल्ने छैनन् ।

जर्मनीविरुद्धको खेलमा अर्जेन्टिना २-० ले पछिपरेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गरेको थियो । त्यस्तै चिलीसँगको खेल बिना कुनै गोल बराबरीमा सकिएको थियो भने मेक्सिको माथि ४-० को जित हासिल गरेको थियो ।

अब नोभेम्बर १८ मा पराग्वेविरुद्धको मैत्रीपूर्ण खेलमा मेसी अर्जेन्टिनाबाट खेल्न सक्ने छन् ।

कोपा अमेरिकामा आयोजकप्रति नकारात्मक कमेन्ट गरेका कारण कोपा फेडेरेशनले मेसीलाई तीन महिनाको प्रतिबन्ध लगाइएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै