• २०८१ बैशाख १४ शुक्रबार

आइसीसीद्वारा नेपाल क्रिकेटको निलम्बन ससर्त फुकुवा

kharibot

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन सशर्त फुकुवा गरेको छ । दुबईमा बसेको आइसीसीको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

आइसीसीले नेपालको क्रिकेटसंघको १७ सदस्यीय समिति निर्वाचित भएको भन्दै २०१६ मा गरेको निलम्बन ससर्त फुकुवा गरेको हो ।

आइसीसीले २०१६ मा क्रिकेट संघमा सरकारको हस्तक्षेप भएको भन्दै नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो ।

बैठक पछि आइसीसीका अध्यक्ष सशांक मनोहरले नेपाली क्रिकेटमा पछिल्लो समय भएको विकासले क्रिकेट संघलाई एसोसियट्स देशको दयाराभित्र रहेर सहयोग गर्ने गरि र आइसीसीले गर्ने सहयोगमा आइसीसीको नियन्त्रण रहने गरी निलम्बन फुकुवा गरिएको जानकारी दिएका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै