काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने युएईमा हुने टी-१० लिगको तेस्रो संस्करणमा पनि कर्नाटका टुस्कर्सबाट खेल्ने भएका छन् ।
आज युएईमा भएको खेलाडी ड्राफ्टमा कर्नाटकाले सन्दीप ए क्याटेगरीमा किनेको हो । ए क्याटेगरीमा खेलाडीको पारिश्रमिक ४५ हजार अमेरिकी डलर रहेको छ ।
सन्दीपले अघिल्लो बर्षको दोस्रो संस्करणमा केरला नाइट्सबाट खेल्दै ६ खेलमा ६ विकेट लिएका थिए । गत बर्ष सन्दीपको टिम समुह चरणबाटै बाहिरिएको थियो ।
यस बर्षको प्रतियोगिता नोभेम्बर १४ देखि २४ सम्म आबुधाबीको जायेद क्रिकेट स्टेडियममा हुदै छ ।
यस बर्ष कर्नाटक टुस्कर्ससहित दिल्ली बुल्स, डेकन ग्लाडीयटर्स, नार्थर्न वारियर्स, बंगला टाइगर्स, मराठा अरबियन्स र कवालंदर्स गरी सात टिम खेल्दै छन् ।