• २०८१ बैशाख १६ आइतबार

टी-१० लिगमा सोमपालको डेभ्यु, २ ओभरमा २८ रन दिए

kharibot

काठमाडौं । दुवईमा आजदेखि शुरु भएको टी–१० क्रिकेट लिगमा नेपालका क्रिकेटर सोमपाल कामीले डेभ्यु गरेका छन् ।

मारठा अरेबियन्सबाट टी-१० लिग खेलिरहेका सोमपालले प्रतियोगिताकै पहिलो खेलमा प्लेइङ इलेभेनमा परेका हुन् ।

सोमपालले पहिलो खेलमा नर्थर्न वारियर्सविरुद्ध २ ओभर बलिङ गर्दै २८ रन दिएका छन् । सोमपालले आफ्नो पहिलो खेलमा विकेट नलिएपनि एक क्याच भने लिएका थिए ।     

टस हारेर पहिला ब्याटिंग गरेको वारियर्सले १० ओभरमा २ विकेट गुमाउदै १२७ रन बनाएको छ । अब मारठा अरेबियन्सले जितका लागि १२८ रनको लक्ष्य पाएको छ । 

(यस समाचारमा यस अघि २८ रन हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ- सम्पादक)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै