• २०८१ बैशाख १५ शनिबार

टी-१० लिगमा सोमपालको घातक बलिङ, एकै ओभरमा लिए २ विकेट लिए

kharibot

काठमाडौँ । आबुधाबीमा जारी टी-१० लिगमा सोमपाल कामीले घातक बलिङ गरेका छन् । 

अहिले जारी खेलमा डेकन ग्लाड़ीयटर्सविरुद्ध सोमपालले एकै ओभरमा दुई विकेट लिएका छन् । मराठा अरेबियन्सले टस जितेर डेकनलाई ब्याटिंगका लागि बोलाएको खेलमा सोमपालले उत्कृष्ट प्रदर्शन गरेका हुन् ।  

सोमपालले आफ्नो पहिलो ओभरमा केवल २ रन दिएर २ विकेट लिएका हुन् । त्यस्तै उनले दोस्रो ओभरमा १० रन दिएका थिए । 

त्यस्तै सोमपालले यस खेलमा २ ओभरमा १२ रन दिएर २ विकेट लिदै आफ्नो स्पेल पुरा गरेका छन् । यस अघिका खेलमा धेरै रन दिएका सोमपालले यस खेलमा भने उत्कृष्ट प्रदर्शन गरेका छन् ।  

योसँगै सोमपालले जारी टी-१० लिगमा ६ खेलमा तीन विकेट लिएका छन् ।

डेकनले १० ओभरमा ४ विकेट गुमाउदै १२० रन बनाएको छ भने मराठालाई १२१ रनको लक्ष्य दिएको छ ।

    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै