• २०८१ बैशाख १८ मंगलबार

दाङबाट विप्लव समुहका २१ जना पक्राउ

kharibot

दाङ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका २१ जना नेता, कार्यकर्ता दाङबाट पक्राउ परेका छन् ।

नेपाल-भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं ४ को मुग्रेटाखोलास्थित जंगलमा पार्टीको आन्तरिक तयारी बैठक गर्दै गर्दा दाङ प्रहरीले नियन्त्रण लिएको दाङ प्रहरीले जानकारी दिएको छ ।

बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार राति १ बजेतिर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज वीरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै