• २०८१ बैशाख १५ शनिबार

कटालानको आन्दोलनले एल क्लासिको स्थगित  

kharibot

काठमाडौँ । स्पेनको काटालानमा चलिरहेको आन्दोलनका कारण ला लिगाका खेलहरु प्रभावित हुन लागेका छन् ।

आन्दोलनका कारण एल क्लासिको समेत प्रभावित हुने भएको छ । यहि अक्टोबर २६ मा हुने तय भएको बहुप्रतिक्षित एल क्लासिको स्थगित भएको छ ।

स्पेनिस फुटबल फेडेरेशनले एल क्लासिकोको नयाँ मिति सोमबार घोषणा गरिने फेडेरेशनले जानकारी दिएको छ ।

आन्दोलनका कारण विमानस्थल अवरुद्ध भएका कारण बार्सिलोनाले शनिबार हुने इबरविरुद्धको खेल खेल्न समेत ६ घण्टा बस यात्रा गरेर जान लागेको बताइएको थियो ।

कटालानाका नेताहरुलाई सर्वोच्च अदालतले जेल सजायको घोषण गरेपछि बार्सिलोनामा फेरी आन्दोलन शुरु भएको छ । जसका कारण ला लिगाका खेलहरु प्रभावित भएका छन् ।

यसको असर राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशारणकर्ता, स्पोन्सरसबैलाई पर्ने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै